४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

रेशम खेतीमा देउखुरीका किसान

रेशम खेतीमा देउखुरीका किसान
अ+ अ-

देउखुरी । दाङ देउखुरीको गढवा क्षेत्रमा रेशम खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ । गढवा गाउँपालिकामा ६० बिघामा रेशम खेतीका लागि किम्बुको बिरुवा रोपिएको छ । रेशम कीराले मन पराउने किम्बुको बोटबाट आहारा विकास गरी रेशम कीरापालनबाट प्राप्त कोया प्रशोधन गरेर रेशम धागो उत्पादन गरी रेशम खेती गरिन्छ । देउखुरीको हडैया गाउँमा १० कृषि फर्म स्थापना भएर व्यावसायिक ‘सेतो सुन’को खेती  भएको छ । 

यसबाट अर्थोपार्जनसंँगै वातावरण पनि संरक्षण हुन्छ । किम्बुका बिरुवा रोपिएको वरपरको हावापानी स्वच्छ र शुद्ध हुन्छ ।  रेशम कीराले बनाएको धागोबाट बनेका कपडा नरम स्वास्थ्यवद्र्धक मानिन्छ । यो जाडो र गर्मी दुवै याममा लगाउन सकिन्छ ।  

हडैया गाउँमा रेशमको व्यावसायिक खेती धादिङका रामनाथ अधिकारीले भित्र्याउनुभएको हो । दाङमा रेशम खेतीको राम्रो  हावापानी र मौसमले साथ दिने सम्भावना देखेपछि चार वर्ष पहिले पहिलो पटक उहाँले रेशम खेती गर्नुभएको थियो । अधिकारी सफल भएको देखेर उहाँलाई पछ्याउँदै आफूहरुले पनि रेशम खेती गर्न थालेको स्थानीय किसान बताउँछन् । देउखुरीमा रेशम खेती गरी आयआर्जन गर्नेहरु दिन प्रतिदिन बढ्दै गएका छन् ।  परम्परागत रुपमा गरिँदै आएको धान, मकै बालीको सट्टा रेशमखेतीतर्फ उनीहरु आकर्षित भएका हुन् । रेशम खेतीका लागि किसानले क्षेत्र विस्तार गरेर उत्पादन बढाएको देखिन्छ । 

गढवा –४ हडैयामा शाह रेशम खेतीका नाममा रामलक्ष्मण शाहले २०७५ सालदेखि तीन बिघा जमीनमा व्यावसायिक रेशम खेती गर्नुभएको छ । रेशम कीरा पाल्नका लागि किम्बुका बिरुवा हुर्काउनुपर्छ । राम्रोसँग उत्पादित घाँसमा ३५ देखि ३८ दिनमा रेशम कीरा तयार हुन्छ ।  पालिएका कीराबाट चारदेखि ६ पटकसम्म रेशम  उत्पादन गर्न सकिने शाहले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “प्रत्येक वर्ष बिरुवाका हाँगा काँटछाँट गर्ने, मलखाद, पानी हाल्ने र गोडमेलको काम नियमित रुपमा गर्नुपर्छ ।”

रेशम खेती गर्ने किसानलाई राज्यले अनुदान दिने गरेको छ । गढवामा कीरा उत्पादन घर र सिआरसी(पाल्ने घर) का लागि लुम्बिनी प्रदेश सरकारले रु ११ लाख ५० हजार प्रदान गरेको छ । कीराबाट अण्डा निकाल्ने घर बनाउन थप रु पाँच लाख अनुदान रकम आएको छ । आफ्नो जमीन बाँझो राखेर कामको खोजीमा वैदेशिक भूमिमा भौँतारिनुभन्दा सानै रुपमा भए पनि स्वदेशमा काम गर्न उपयुक्त हुने शाहले बताउनुभयो ।  रेशम खेतीका लागि रोपिएका किम्बुका बिरुवाको घाँस बेचेर पनि आम्दानी  गर्न सकिन्छ ।

रेशमका लागि किम्बुको बोट असारमा लगाउनु उत्तम मानिन्छ । किम्बुको पात राम्रोसँग पलाएपछि फागुन– चैतमा कीरा पालन शुरु हुन्छ । सो कीराबाट कोकुन (कोया)उत्पादन हुन्छ । रेशम खेतीका लागि आवश्यक किम्बु खेती समुद्री सतहबाट दुई सय मिटरदेखि दुई हजार पाँच  सय मिटरको उचाइसम्म गर्नु उपयुक्त मानिन्छ । अनुकूल तापक्रम सहन सक्ने र खेती गर्न सुहाउँदो स्थानमा उपयुक्त जातको रेशम कीरालाई क्रसिङ गरेर फूल उत्पादन गर्ने र वितरण गर्ने काम स्वर्गद्वारी रेशम प्रशोधन केन्द्रले गर्दैै आएको  छ । 
 
गढवा –३ गोबरडिहाका अञ्जीत चौधरीले  पहिले तरकारी खेती गर्दै आउनुभएको थियो । तरकारी खेती जस्तो रेशम खेतीमा मेहनत र समय खर्च गर्न नपर्ने भएपछि उहाँ आफू यता लागेको बताउनुहुन्छ । आफ्नो र भाडाको गरेर नौ बिघा जमीनमा उहाँले किम्बु खेती गर्नुभएको छ । शुरुमा दाङमा आएर  अधिकारीले खेती गरेको देखेर काठमाडौँ गई तालीम लिएर आफू यता लागेको चौधरीले बताउनुभयो । गत वर्ष ३५ बाकस कीरा पाल्दा उहाँको राम्रो आम्दानी भयोे । उहाँ यस वर्ष पनि ३५ बाकस रेशम कीरा खेती गर्ने सोचाइमा हुनुहुन्छ । कीरा पाल्नका लागि अहिले किम्बुका बिरुवाको हाँगा काँटछाँट गरेर नयाँ पालुवा पलाउने तयारीमा छ ।  चैतदेखि कीरा पाल्न उपयुक्त समय मानिन्छ । 

रेशम खेतीका तीन पक्ष हुन्छन्ः किम्बु खेती (आहारा विकास),  कीरापालन तथा कोया उत्पादन र कोया प्रशोधन ९रलिङ० । चीनले दोस्रोदेखि अठारौँ शताब्दीसम्म एशिया, युरोप र अफ्रिकासम्म रेशम व्यापारका लागि रेशममार्गको विकास गरेको थियो । 

गढवाका किसानले रेशम खेतीबाट राम्रो आम्दानी गरेका  छन् । उनीहरुलाई हौसला प्रदान गर्न गाउँपालिकालाई रेशम क्षेत्र बनाउने योजना रहेको गढवा गाउँपालिका अध्यक्ष सहजराम यादवले वताउनुभयो । रेशम खेती प्रवद्र्धन गर्न प्रदेश सरकारले रु १५ लाख र गाउँपालिकाले रु पाँच लाख बजेट विनियोजन गरेका  छन् ।  

कृषि ज्ञानकेन्द्र दाङका कृषि अर्थविज्ञ उमेशचन्द्र श्रेष्ठले एक रोपनी जग्गामा एक मौसममा एक बाकस कीरा पाल्न सकिने बताउनुभयो ।  । उहाँका अनुसार एक बाकस कीराबाट लगभग ६० किलोग्राम रेशमको कोया उत्पादन गर्न सकिन्छ जसबाट २० किलोग्राम रेशम धागो उत्पादन हुन्छ ।  रेशम चार चक्रमा पूरा हुन्छ : फुल अवस्था १० देखि १२ दिन, प्युपा १२ देखि १४ दिन, लार्भा २० देखि २५ दिन र पूर्ण कीरा २५देखि २८ दिन । रेशमले चार पटक काँचुली फेर्छ । सो काँचुली १० ग्राम वजन र ८ देखि १० सेन्टीमिटर लामो हुन्छ । सामान्यतया एक कोयामा आठ सय देखि एक हजार दुई सय मिटर लामो धागो निस्कन्छ । 

सरकारले ५० प्रतिशत अनुदान दिने भएपछि ‘सेरिकल्चर’तर्फ कृषकको  चासो बढेको छ । प्रत्येक वर्ष किसानको आय र आपूर्तिका आधारमा कार्ययोजना बनाई बजेट तर्जुमा गरिने र तिनलाई अनुदानको व्यवस्था गरिएको श्रेष्ठले बताउनुभयो । रेशम खेतीमा लागेका किसानलाई कृषि ज्ञानकेन्द्रबाट शाह रेशम खेती फर्म गढवा, राप्ती रेशम खेती कृषि फर्म गढवा, चौधरी कृषि तथा पशुपक्षी फर्म गढवा, गुराँस किम्बु खेती प्रशोधन प्रवद्र्धन फर्म लमही, इशा रेशम खेती गढवा, हीरालाल रेशम खेती गढवा र  केबी कृषि रेशम गढवालाई अनुदान प्रदान गरिएको जनाइएको छ । रञ्जिता अधिकारी /रासस