११ भाद्र २०८३, बिहीबार
,
Latest
विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन वैकल्पिक लाइनबाट नुवाकोटका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति सुचारु भोटेकोशी बाढीपीडितका लागि कांग्रेसद्वारा सहयोग अभियान भोटेकोशी बाढी : तनहुँमा भेटिएका नौ शव पोखरा ल्याइयो निजी हेलिकप्टर उडानमा कडाइ, सरकारी समन्वयबिना खोज तथा उद्धार नगर्न निर्देशन बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह पश्चिम नवलपरासीमा पाँच शव फेला रसुवामा बाढी : सेनाद्वारा १२३ जनाको उद्धार, टनेलमा फसेका सात जनाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा भट्टराई संविधानको हत्या गरेर अस्थिरता खडागर्ने तर्फ उद्यत गरेको कमल थापाको आरोप



अ+ अ-

काठमाडौ ।  राष्ट्रिय  प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले  जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको पछिल्लो अभिब्यक्ति अदालतलाई तर्साउने र संविधानको हत्या गरेर अस्थिरता खडागर्ने तर्फ उद्यत रहेको आरोप लगाउनु भएको छ । 

नेता डा भट्टराईले  सोमबार आयोजित एक कार्यक्रममा ‘हामी शान्तिपूर्ण ढंगले आन्दोलन गर्छौं। बाहिरी शक्ति आयो भने हातमा दही जमाएर बस्ने ? बाहिरी हस्तक्षेप भएमा रामनाम जपेर बस्दैनौं। 

त्यस्तो स्थिति नआओस्,’भन्दै चेताबनी दिनु भएको थियो । डा भट्टराईको नाम उल्लेख नगरी अध्यक्ष थापाले सामाजिक संञ्जालमा लेख्नुभएको छ –संविधानमा रहेका अस्पष्टतारविवाद निरूपणगर्ने अधिकार संविधानले सर्वोच्च अदालतलाई दिएको अवस्थामा 'प्रतिनिधिसभा पुनर्स्थापना नभए हातमा दही जमाएर,रामनाम जपेर बस्दैनौं'भन्ने एक नेताको अराजक अभिव्यक्तिले अदालतलाई तर्साउने र संविधानको हत्या गरेर अस्थिरता खडागर्ने तर्फ उद्यत रहेको देखिन्छ ।