![](https://newspolar.com/wp-content/uploads/2024/05/FINAL.00_03_48_00.Still009.jpg)
जनकपुरधाम । मधेश प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ ।
माओवादीका दुई मन्त्रीले आज मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका हुन् ।
उद्योग, बाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई र वन तथा वातावरणमन्त्री भरत प्रसाद साहले मधेश भवन पुगेर मुख्यमन्त्री यादवलाई राजीनामा बुझाएका हुन् ।
आजै नेकपा एमालेका मन्त्रीहरुले पनि राजीनामा दिने तयारीमा छन् ।