• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता ★   कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते ★   ट्रक पार्किङ स्थल निर्माणका लागि कोशी प्रदेश सरकारले छुट्यायो दुई करोड ★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा ★   पोल्यान्डसँग बराबरीमा रोकियो फ्रान्स, एमबाप्पे र लेवान्डोस्कीले गरे गोल ★   युरो कपः नेदरल्यान्ड्सलाई हराउँदै अष्ट्रिया समूह विजेता बनेर नकआउट चरणमा प्रवेश ★   चन्द्रमाको सतहबाट नमूना लिएर पृथ्वीमा फर्कियो चीनको यान

फोन स्क्रिनबाट स्कार्चहरू हटाउनका लागि ५ उपायहरू



काठमाडौं । जब तपाई नयाँ फोन किनुहुन्छ, तपाई अबस्य पनि यसको स्टाइलिश, डिजाइन र फिचरहरू देखेर आकर्षित भएर मरिमेट्नु हुन्छ। तपाईले सोचेको फोन तपाईको हातमा भएको बेला रमाइलो महसुुुस गर्नुहुन्छ । यद्यपि त्यस रमाईलोको साथमा केही डर पनि रहन्छ , कतै स्क्रिनमा स्क्रयार्च त लाग्दैन । फोनमा पहिलो स्क्र्याच हुँदा यो पिडादायी हुन्छ । तर त्यसपछि कति धेरै स्क्र्याच लाग्छ र पूरै स्क्रिन फोहर देखिन्छ। यो हेर्दा हेर्दै बिस्तारै बानी पर्न थाल्छ ।

यति धेरै स्क्रायाचपछि तपाईर्ला आफ्नो फोन चलाउन नि मन लाग्न छोड्छ । चाहेर पनि स्क्रिन फेर्न बाहेक तपाईसँग अरु केहि उपाय हुँदैन । स्क्रिन फेर्न पनि उस्तै महङ्गो भएकोले तपाईलाई फोन चलाउन नै दिक्क लाग्न सक्छ । तर तपाईलाई आज स्क्रयाच हटाउने उपायको बारेमा जानकारी दिनेछौं ।  यसले नयाँ जस्तो त हुँदैन तर फोनको स्क्रिन भने सफा बनाउँछ । 

१) म्याजिक इरेजर : तपाईको फोनको स्क्रिनबाट स्क्रयाच हटाउने उपायहरु धेरै छन्, ती मध्य सबैभन्दा उपयुक्त उपाय म्याजिक इरेजर हो । खासगरि यो इरेजरले गंध भगाउने काम गर्छ तर सानतिनो स्क्रिनमा स्क्रयाच लागेको हटाउन यसले विषेश मद्दत गर्छ । यसको प्रयोग गर्दा तपाईले सावधानी अपनाएर गर्नुपर्ने हुन्छ । 

२) कार वाक्स : पक्कै पनि तपाईले कार वा बाइक स्कुटीलाई टल्काउनको लागि कार वाक्स प्रयोग गरेको हुनुपर्छ । यो वाक्सले पनि स्क्रिनको स्क्रयाच हटाउन केहि हदसम्म उपयोगी रहन्छ । वा केवल यो पनि भन्न सक्नुहुन्छ कि यो सबैभन्दा प्रभावकारी हुन्छ । तपाईको फोनको स्क्रिनमा थोरै पोलिस लिएर कपासले सफा गरेरकेहि समयको लागि सुक्न छोड्नुहोस् र त्यसपछि यसलाई सफा कपासले क्लिन गर्नुहोस् । त्यस पछि हेर्नुहोस् तपाईको फोनको स्क्रिन टल्किन्छ र धेरै स्क्रयाचहरू गायब हुन्छन्।

३) टुथपेस्ट : के तपाईले कहिल्यै सोच्नुभएको छ कि जुन टुथपेस्टले हरेक बिहान तपाईको दाँत उज्यालो बनाउँछ त्यसले तपाईको फोन सफा गर्न पनि मद्दत गर्दछ। हो, पूर्णरूपमा त हैन, तर केहि स्क्र्याचहरु टुथपेस्टबाट पनि हटाउन सकिन्छ। यसको लागि, तपाईले पहिले कटनमा थोरै टूथपेस्ट लिनुपर्नेछ र त्यसपछि पूरै स्क्रिनमा राम्रोसँग लगाउनुहोस्।

याद गर्नुहोस् स्पीकरमा नलाग्ने गरि सफा गर्ने प्रयास गर्नुहोस्। केहि समय पछि कपासले सबै स्क्रिन सफा गर्नुहोस्। तपाईको फोनबाट केहि स्क्र्याचहरू हराएको देख्नु हुनेछ । यसमा जेल टुथपेस्ट प्रयोग नगर्नुहोस्, मात्र सेतो टूथपेस्टको प्रयोग गर्नुहोस्। यदि तपाईले स्क्रिन प्रोटेक्टर लगाउनु भएको छ भने यो उपाय अझ धेरै प्रभावकारी हुनेछ।

४) बेकिंग सोडा : फोनमा भएका स्क्रयाचहरू सफा गर्न बेकिंग सोडा पनि प्रभावकारी उपाय मध्यको एक रहेकोछ। यसका लागि, पहिले तपाईले बेकिंग सोडालाई पानीमा मिसाएर पेस्ट तयार पार्नुहोस्। पेस्टलाई कपासको सहयोगले बिस्तारै स्क्रिनमा लगाउनुहोस् । यसमा पानी भएको कारण सावधानी पूर्वक स्क्रिनमा लगाउनुहोस् । स्क्रिनमा पेस्ट लगाएपछि यसलाई सुकुन्जेल छाड्दिनुस् र सुकिसकेपछि सुतीको कपडाले विस्तारै पुछ्नुहोस् । स्क्रिनबाट सानो-तिनो स्क्रयाचहरु गायब हुन्छन् । 

५) पेंसि​ल इरेज़र : बच्चाहरूले प्रयोग गर्ने पेन्सिलको इरेजरले पनि तपाईको फोनको स्क्रिनबाट स्क्र्याचहरू मेटाउन पनि मद्दत पुग्नेछ । अनि याद राख्नुस् तपाईले प्रयोग गर्न लाग्नु भएको इरेजर राम्रो क्वालिटिको हुन जरुरी छ । सबैभन्दा राम्रो पेन्सिलमा भएको इरेजर नै हो।