२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगमा आज म्यान्चेस्टर युनाइटेड र आर्सनल भिड्दै



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आज विशेष खेल हुँदैछ । उपाधि होडमा रहेको आर्सनलले म्यान्चेस्टर युनाइटेडको सामना गर्दैछ ।

आर्सनल र म्यान्चेस्टर युनाइटेडबीचको खेल युनाइटेडको घरेलु मैदान वर्ल्ड ट्राफोर्डमा नेपाली समयानुसार राति ९ः१५ बजे सुरु हुनेछ । आर्सनललाई यो खेल ‘गर या मर’को अवस्थामा छ ।

जित्नैपर्ने दबाबमा आर्सनल रहेको छ । हिजो शनिबार म्यान्चेस्टर सिटीले फुलहममाथि ४–० गोलको जित निकाल्दै अंकतालिकामा शीर्षस्थानमा उक्लिएको छ । सिटीको ३६ खेलबाट ८५ अंक छ भने आर्सनलको समान खेलबाट ८३ अंक छ ।

आर्सनलले चार खेलअघि एस्टन भिल्लासँग हार ब्यहोरेपछि उसलाई उपाधि होडमा थप कठिन बनेको हो । आर्सनलले आजको युनाइटेडसँगको खेलपछि अन्तिममा एभर्टनसँग प्रतिस्पर्धा गर्नेछ भने म्यान्चेस्टर सिटीले टोटेनहम र वेस्ट हाम युनाइटेडसँग खेल्नेछ ।

यता, तेस्रो स्थानमा रहेको लिभरपुलको ३६ खेलबाट ७८ अंक छ । एस्टन भिल्ला ६७ अंकसहित चौंथो स्थानमा छ । यी दुई टोलीबीच सोमबार राति १२ः४५ बजे खेल हुनेछ ।