२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बस्दै



file photo
अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि बस्दै छ ।

पार्टीको केन्द्रीय कार्यालय मीनभवनमा बिहान ११ बजेदेखि बैठक बस्ने तय भएको छ । हिजोदेखि सुरु बैठकमा नेताहरूले बोल्ने क्रम जारी छ । बोल्न बाँकी सदस्यहरुले आजको बैठकमा धारणा राख्ने छन् ।

यसअघि हिजोको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलगायत विषयमाथि आफ्नो धारणा राखेका थिए । महासचिव घनश्याम भुसालले आसन्न महाधिवेशनको तयारीसहितका एजेण्डाबारे जानकारी गराएका थिए ।

ती विषयहरुमा स्थायी कमिटी सदस्यहरू साध्यबहादुर भण्डारी, श्रीप्रसाद साह, राजेन्द्र राई र माधव पौडेलले धारणा राखेका थिए ।

नेकपा एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुँदैछ । सोही महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनको मस्यौदामाथि पार्टी भित्र छलफल सुरु गरिएको छ ।