१ असार २०८३, सोमबार
,
Latest
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन स्वास्थ्य मन्त्री मेहता र जर्मन प्रतिनिधिमण्डलबिच शिष्टाचार भेट, स्वास्थ्य क्षेत्रमा सहयोग विस्तारबारे छलफल प्रतिनिधिसभाका ४ सांसदको समिति हेरफेर झुट्टा मुद्दा खारेज गरी युवाहरूमाथिको दमन रोक्न सांसद खतिवडाको माग सुस्तामा भारतीय एसएसबी प्रवेश गरेको विषयमा स्पष्ट धारणा सार्वजानिक गर्न राप्रपाको माग निजी क्षेत्रले पनि विधि विज्ञान प्रयोगशाला खोल्न पाउने गरी कानूनी व्यवस्था गर्नुपर्दछः मन्त्री पुन काम नगर्ने ठेकेदारकाे ‘खुट्टा भाँच्ने’ मन्त्री लम्सालको अभिव्यक्तिपछि विवाद, कानुन विपरित भएको भन्दै आलोचना आगामी आवको बजेट सुधारको दिशामा अग्रसरः नेडेव गोदावरी सामुदायिक वन क्षेत्रमा टेम्पो भिरबाट पल्टाइएको घटनाबारे छानबिन समिति गठन गिरीबन्धु टी–स्टेट प्रकरणकाे फाइल एक नम्बरमा खाेल्न सरकारलाई संसाद अर्यालकाे चुनौती
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली पदमा बस्न लायक छैन्न : माधवकुमार नेपाल



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकारको दुरुपयोग गरेकाले प्रधानमन्त्रीको पदमा बस्न लायक नरहेको बताउनुभएको छ ।

काठमाडौँमा आयोजित आफु पक्षधर अखिल नेपाल महिला संघको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको रुपमा अधिकारको दुरुपयोग गरेकाले पदमा बस्न लायक नभएको बताउनुभएको हो । अध्यक्षको कर्तव्य पालना नगरेका कारण पार्टी अध्यक्षको रुपमा पनि बस्न लायक नरहेको उहाँको भनाई छ । अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले संकटकाल लगाएर अथवा अन्य असंवैधानिक कदम चालेरै भएपनि ५ वर्ष प्रधानमन्त्री बन्न चाहेको उल्लेख गर्दै ओलीले चुनाव नगराउने बताउनुभयो ।

अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनलाई छिन्नभिन्न हुन नदिनेगरी अघि बढ्ने बताउनुभयो । देशको प्रगतिको लागि आन्दोलनका विकल्प नभएकोले आन्दोलनको ज्वारभाटा सृष्टि गर्ने उहाँको भनाई छ ।

उहाँले पार्टीको आधिकारिकता र सुर्य चिन्ह कसैले खोस्न नसक्ने दाबी गर्नुभयो । केपी शर्मा ओलीले निर्वाचन आयोगमा नेकपा एमाले दर्ता गरेर अस्ताउँदो सुर्य चुनाव चिन्ह लिएको जिकिर गर्दै उहाँले केही ओलीको त्यही चुनाव चिन्ह हुने र आफुहरुको सुर्य चिन्ह कसैले खोस्न नसक्ने बताउनुभयो ।




भर्खरै