१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नीति तथा कार्यक्रम अन्योलमा, अध्यादेशको विकल्प खोज्दै सरकार



अ+ अ-

काठमाडौं । सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् बैठक अबरुद्ध गरेपछि सरकारलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउन अन्योल भएको छ ।

कांग्रेसले सदन अबरुद्ध गरे कसरी नीति तथा कार्यक्रम ल्याउने भन्ने अन्योल भएको हो । सरकारको नीति तथा कार्यक्रम मंगलबार (जेठ १ गतें) सार्वजनिक गर्ने तयारी छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सूचना संसद सचिवालयले सार्वजनिक गरिसकेको छ । तर उप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन नभएसम्म सदन चल्न नदिने कांग्रेसको अडान कायमै छ । सरकार समिति बनाउने पक्षमा छैन । व्यक्ति केन्द्रित नभइ सबै सहकारीको समस्या समाधान गर्ने गरी समिति बनाउन सरकार तयार छ ।

यो अवस्थामा संसद्मा नीति तथा कार्यक्रम कसरी सार्वजनिक हुन्छ भन्ने अन्योल बढेको हो । राष्ट्रपतिले कार्यक्रम सार्वजनिक गर्ने भएकाले यसमा कांग्रेसले अवरोध नगर्ने बुझाइ सत्ता पक्षको छ । तर कांग्रेसले सदन कसरी खुलाउने भन्ने जिम्मेवारी सरकारको भएको जनाएको छ । यसले गर्दा कांग्रेसले नीति तथा कार्यक्रम नै ल्याउन नदिने हो की भने आशंकासमेत छ ।

त्यसो त अहिलेसम्म कांग्रेसले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने कि नदिने भन्ने निर्णय गरेको छैन । तर कांग्रेसका कारण सरकारलाई भने दबाब परेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सदन खुलाउने विषयमा नेपाली कांग्रेसका शीर्ष नेताहरुसँग छलफल भने गरिरहनुभएको छ ।

कांग्रेसले नीति तथा कार्यक्रम बारे निर्णय गर्न सोमबार दिउँसो १ बजे संसदीय दलको बैठक बोलाएको छ । यो बैठकले ठोस निर्णय गर्ने छ ।
यता सरकारले भने नीति तथा कार्यक्रम र बजेट नै ल्याउन नसक्ने अवस्था भए विकल्प खोज्न थालेको छ ।

सरकारसँग अहिले सदनबाटै नीति तथा कार्यक्रम पास गरेर बजेट ल्याउन विकल्प छ । तर यसका लागि सदन सहज हुनुपर्छ । सदन अबरुद्ध भएमा सरकारले संसद् अधिवेशन अन्त्य गरी अध्यादेशमार्फत् बजेट ल्याउने विकल्प छ । तर यो विकल्पतर्फ सरकार अहिले नै लागिसकेको छैन । आवश्यकता परे त्यससम्म जान सकिने गठबन्धनका केही नेता बताउँछन् ।