६ भाद्र २०८३, शनिबार
,
Latest
सुदूरपश्चिमका कला, संस्कृतिको संरक्षण र प्रचारप्रसार आवश्यक छ : प्रदेश प्रमुख मियाँ महावाणिज्य दूतावास जेद्दाद्वारा  श्रमिक सचेतना सञ्चालन पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’ नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न बालेन भ्रमणः मुस्ताङको ‘अफरोड’ मा कार्यकारीको ‘ड्राइभ’ हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी स्वास्थ्य-सेवामा सहजता दिलाउन बनेपाद्वारा चार संस्थासँग सम्झौता यम बरालको प्रश्न: कलाकार प्रति राज्यको उदासीनता कहिले सम्म ? अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत गरिमा चौधरी हत्या प्रकरणमा गृहमन्त्रीसँग परिवारको वार्ता सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामवृक्ष यादव स्मृति राष्ट्रिय कुस्ती प्रतियोगिता: रमेशलाई स्वर्ण



अ+ अ-

काठमाडौं । नेपाल प्रहरीका रमेश गोतमेले दोश्रो रामवृक्ष यादव स्मृति राष्ट्रिय कुस्ती प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । पुरुष १२५ केजी फाइनलमा रमेशले मधेश प्रदेशका राज यादवलाई पराजित गरे ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको पुरुष ६१ केजीमा एपीएफका शमकिशोर यादव, ६५ केजीमा मेधशका कुन्दन शाह, ७० केजीमा मधेशका सुजित यादव, ७४ केजीमा नेपाल आर्मीका सुरेश चुनारा, ८६ केजीमा मधेशका निखिलराज पटेल र ९७ केजीमा नेपाल प्रहरीका त्रिलोकप्रसाद यादवले पहिलो स्थान हात पारे ।

नेपाल कुस्ती संघद्वारा आयोजित प्रतियोगिताको महिला ५३ केजीमा आर्मीकी सम्झना थारु, ५५ केजीमा प्रहरीकी मनीषा सिंह, ५७ केजीमा आर्मीकी शिवाङगी दुवे, ६२ केजीमा आर्मीकी सुशिला चन्द, ६५ केजीमा आर्मीकी लक्ष्मी भट्ट, ७२ केजीमा एपीएफकी हेमा भट्ट र ७६ केजीमा आर्मीकी रचना श्रेष्ठले स्वर्ण जिते ।

विजेतालाई राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य अञ्जन धमला, राखेपका सदस्य समेत रहेका नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि एकदिने प्रतियोगिताको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले उद्घाटन गरेका थिए । पुरुष/महिलामा समान ७–७ स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।