• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   पसिना–पसिना हुँदै चोर्न गएको चोर एसीको हावामा मस्त निदाए, प्रहरीले उठाउँदा पनि उठेनन् ★   यूएन पार्क–कुपण्डोल खण्डको पिच सडकबाट सारियो बत्तीको पोल ★   सुशान्त सिंह राजपुतको घरमा सरिन् अदा शर्मा ★   हुलाकी सडक: अङ्कुराउँदै छन् समृद्धिका सपना ★   वैदेशिक ऋण लिएर संघीयता धान्ने कुरा गलत छ: चित्रबहादुर केसी ★   १२ वर्षपछि टी–२० विश्वकपमा पहिलो सुपर ओभर ★   चोयामा सीप भरेर आत्मनिर्भर बनेकी घोराहीका ढाटु चौधरी ★   अर्थमन्त्रीले बजेट कार्यान्वयनको पक्षलाई बलियो बनाउनुपर्छ: रास्वपा सांसद चौधरी ★   सडक विभागले टाल्यो न्यूरोडको सडक ★   निगुरोको माग बढेसँगै मोरङका स्थानीय व्यापारमा व्यस्त

गगनलाई गृहमन्त्री लामिछानेको चुनौतिः सहकारीबाट ॠण मागेको प्रमाणित गरिदिनुस् राजनीति छोडिदिन्छु



काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र सो पार्टीका महामन्त्री गगन थापालाई आरो प्रमाणित गर्न खुला चुनौति दिएका छन् ।

सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै गृहमन्त्री लामिछानेले सहकारीबाट ॠण मागेकोरलिएको प्रमाणित गर्न चुनौति दिँदै सो पाइएमा राजनीति छोडिदिने प्रतिक्रिया दिएका छन् ।

यस्तै, उनले प्रमाणित गर्न नसकेमा महामन्त्री थापालाई राजनीति छोड्न तयार हो ? भनी प्रश्न समेत गरेका छन् ।

‘किर्ते कागज र काइते तर्क दिएर गोलमटोल जवाफ दिन पाइदैन। म संसदीय छानबिनसँग र तपाइँहरुको देश डुबाउने राजनीतिसँग डराएको छैन, तर मलाई मात्र एक पटक बोल्न दिन तपाईहरु चाहिँ किन डराएको ?’ उनले प्रश्न गरेका छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछानेले आफ्ना पार्टीका नेता–कार्यकर्तालाई शिर ठाडो राख्न आग्रह गर्दै आफूले आजसम्म कसैलाई ठगि नगरेको प्रस्ट पारेका छन् ।