काठमाडौं । राति फुटपाथमा ट्रक कुद्दा फुटपाथमा सुतिरहेका १५ जना मजुदरहरुको मृत्यु भएको छ । सोमबार राती भारतीय राज्य गुजरातमा सुरतनजिकैको कोसाम्बा क्षेत्रको फुटपाथमा १८ जना मजदुरहरू फुटपाथमै सुतेका थिए।
सुतेका मजदुरमाथि ट्रक कुदेको र १५ जनाको मृत्यु र अन्य घाइते भएको कुरा भारतीय सञ्चारमाध्यमहरूले जनाएको हो ।
उखु बोकेको ट्याक्ट्ररसँग ठोक्किएपछि ट्रकका चालकले नियन्त्रण गुमाएकाले दुर्घटना भएको बताइएको छ। अन्य घाईतेहरुलाई उपचारका लाअिस्पताल लगिएको छ।











