१९ भाद्र २०८३, शुक्रबार
,
Latest
न सास भेटियो, न लाश : कुशको शव बनाएर आफ्नै आफन्तलाई अन्तिम बिदाइ दार्चुलाकाे चौलानी नदी पहिरोले आधा थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै सहकारीमा अन्योल र दोहोरोपन हटाउन दुईवटा नयाँ ऐन ल्याईंदै : सचिव भुजेल बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९३ पुग्यो, ४ हजार ८९८ जना अझै बेपत्ता बाढीमा बेपत्ता भएकाहरुका आफन्तले बनाए कुशको शव, पशुपतिमा गरे अन्तिम संस्कार
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघीयता कहिलेसम्म हो थाहा छैन: सचिव झाँक्री



अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समावादी) की सचिव रामकुमारी झाँक्रीले अहिलेको राजनीतिले संघीयता बचाउन नसक्ने बतानुभएको छ ।

बिहीवार काठमाडौंमा नेपाली काँग्रेसका नेता स्व. प्रदीप गिरीको स्मृति सभामा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संघीयता सबलीकरणका लागि शासकीय स्वरुप वा निर्वाचन प्रणाली फेर्न जरुरी रहेको बताउनु भयो । उहाँले शासकीय स्वरुप र निर्वाचन प्रणाली नफेरिकन कतै नपुगिने दाबी गर्नुभयो ।

उहाँले संघीयताले पूर्णता पाउने कुरामा आफू विश्वस्त नरहेको भन्दै संघीयता कहिलेसम्म हो भन्नेकुरामा शंका रहेको बताउनु भयो । उहाँले स्थानीय तहलाई जवाफदेही बनाउन आवश्यक रहेको पनि बताउनु भयो । उहाँले समानुपातिक र प्रत्यक्ष निर्वाचित गरी २७५ जना सांसद चुनिसकेपछि राष्ट्रिय सभामा फेरि ५९ जना किन चाहियो भन्ने प्रश्न गर्नुभयो । उहाँले राष्ट्रिय सभामा ५९ जना कायम राख्ने हो भने समानुपातिक प्रणाली हटाउनुपर्ने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले कि शासकीय स्वरुप फेरौँ, कि हामीले निर्वाचन प्रणाली फेरौँ वा हामीले निर्वाचन, कानूनमा केही न केही फेरौँ । केही पनि नफेरिकन हामी कतै पुग्दैनौँ । संघीयता कसरी बाँच्छ, यसले पूर्ण खोप पाउँछ की पाउँदैन म भन्न सक्दिन । यो राजनीतिले कसरी बचाउला यो संघीयता ? यो बच्चाले ९ महिनासम्मको पूर्ण खो पाउँछ की पाउँदैन ? त्यसपछिको बुस्टर डोज त म भन्नै सक्दिन । स्थानीय तहलाई जवाफदेही बनाउनै पर्छ, केही कानूनहरुको कमी छ । शासकीय स्वरुपहरुको सम्बन्धमा वा निर्वाचन प्रणालीको सम्बन्धमा ४० र ६० प्रतिशतको जुन मिश्रित निर्वाचन प्रणाली हो यसलाई पनि हेर्नुपर्छ । समानुपातिक र प्रत्यक्ष निर्वाचित गरेर जुन २७५ जनाको सदस्य बनाएका छौँ, राष्ट्रिय सभा फेरि यो ५९ जना किन बनाएको हो ? ५९ जना कायम राख्छौँ भने तल्लो सदनको समानुपातिक हटाउनै पर्छ ।’

सचिव झाँक्रीले निर्वाचनको थ्रेस होल्ड बढाउनुपर्ने बताउनु भयो । नेपालका ४० लाख मानिसहरु विचौलियाको धन्दा गरेर जीविकोपार्जन गर्ने गरेको दाबी गर्नुभयो । —न्युज एजेन्सी नेपाल