६ असार २०८३, शनिबार
,
Latest
‘लागूऔषध नियन्त्रणमा नागरिकको सहभागिता आवश्यक छ’ बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा रास्वपा महाधिवेशनः चिकित्सकसहित तीन एम्बुलेन्स तयारी अवस्थामा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन (फोटो फिचर) लागुऔषधसहित २३ जना पक्राउ जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन रातो मच्छिन्द्रनाथको जात्रामा पुगे प्रधानमन्त्री बालेन स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपचाररत ७७ वर्षीया कोरोना संक्रमित महिलाको धरानमा मृत्यु



अ+ अ-

काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना ७७ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मंगलबार बिहान ६ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणी पोखरेलले जानकारी दिए ।

धनकुटा–४ घर भएकी महिलामा उच्च रक्तचापको समेत समस्या थियो ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनलाई धनकुटा जिल्ला अस्पतालले रिफर गरेको थियो । गत पुस १४ गते बीपी प्रतिष्ठानमा भर्ना भएकी उनमा पुस १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।