९ मंसिर २०८१, आईतवार
,
Latest
दुर्गा प्रसाईँको मुद्दा न्यायाधीश शर्माको इजलासमा पेसी सिनामंगलको होटलमा युवायुवती झुण्डिएको अवस्थामा फेला प्रतिवर्ष तीन सय बिलियन अमेरिकी डलर जलवायु कार्यमा खर्च गर्ने धनी देशको प्रतिवद्धता सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट राष्ट्रिय गौरवका आयोजनाहरूको ब्रिफिङ लिदै प्रधानमन्त्री भारतको विदेशी मुद्रा सञ्चिति ७ दिनमा १७ अर्ब अमेरिकी डलरभन्दा बढीको गिरावट प्रतितोला १ हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्ग्यायो ‘ड्रागन फ्रुट’ बेचेर वार्षिक १५ लाख आर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

के सुनिल नारायणले रक्सी पिएर विस्फोटक ब्याटिङ गर्छन् ?



अ+ अ-

एजेन्सी । यो सिजन कोलकाता नाइट राइडर्सका ब्याट्सम्यान सुनिल नारायणको ब्याटबाट रनको वर्षा भइरहेको छ । सुनिल नारायणले अहिलेसम्म ११ खेलमा ४१.९१ को औसतमा ४६१ रन बनाएका छन् । साथै, ओरेन्ज क्यापको दौडमा उनी पाँचौं स्थानमा छन् ।

यसैबीच सामाजिक सञ्जालमा सुनिल नारायणका बारेमा धेरै दाबी गरिँदैछ । वास्तवमा, सोशल मिडियामा भाइरल भिडियोमा सुनील नारायणको विस्फोटक ब्याटिङको पछाडि रक्सीको जादू रहेको बताइएको छ । अर्थात् सुनिल नारायण रक्सी पिएर ब्याटिङ गर्न आउँछन् ।

सामाजिक सञ्जालमा एउटा भिडियो निकै भाइरल भइरहेको छ । यो भाइरल भिडियोमा लखनऊ सुपर जाइन्ट्स विरुद्धको तूफानी ब्याटिङपछि कप्तान केएल राहुलले सुनील नारायणलाई मदिराको नशामा ब्याटिङ गरेको आरोप लगाएका छन् ।

केएल राहुलको उजुरीको आधारमा बीसीसीआईले यस विषयमा छानबिन गरेको थियो । बीसीसीआईले आफ्नो अनुसन्धानमा सुनिल नारायणले रक्सी पिएर ब्याटिङ गरिरहेको पत्ता लगाएको थियो । त्यसपछि सुनिल नारायणलाई आईपीएलबाट प्रतिबन्ध लगायो । यद्यपि, यी भाइरल दावीहरूमा कुनै सत्यता छैन । उक्त भिडियो फेक भएको पाइएको छ ।

हालै, सुनिल नारायणले केएल राहुलको नेतृत्वमा रहेको लखनऊ सुपर जायन्ट्स विरुद्ध आँधीबेहरी खेले । उनले ३९ बलमा ८१ रन बनाए । उनले आफ्नो पारीमा ६ चौका र ७ छक्का प्रहार गरे ।

यससँगै कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सलाई ९८ रनको ठूलो अन्तरले पराजित गरेको छ । यसपछि सुनिल नारायणलाई लिएर सामाजिक सञ्जालमा धेरै दाबी गरिएको थियो तर ती दाबीमा कुनै सत्यता छैन ।