• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

क्रिकेट खेलाडीले जनही १३ लाख पाउने



काठमाडौं । सरकारले राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई जनही १३ लाख रुपैयाँ दिने भएको छ । युवा तथा खेलकुद मन्त्रालयले पेस गरेको प्रस्तावलाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको हो ।

आइसीसी पुरुष टी–२० विश्वकप फाइनल एसियाको दोस्रो भएको राष्ट्रिय क्रिकेट टिमले कुल दुई करोड ४ लाख ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

जसअनुसार १५ खेलाडीलाई जनही १३ लाख, प्रमुख प्रशिक्षक मोन्टी देशाईलाई ३ लाख ९० हजार, टिम व्यवस्थापक सुमनराज कार्की, सहायक प्रशिक्षक वसन्त शाही र फिजियो विक्रम न्यौपानेलाई जनही १ लाख ९५ हजार प्रदान गरिनेछ ।