१ असार २०८३, सोमबार
,
Latest
अपि हिमालको काखमा क्रिकेटः ‘खेलबाट खुल्दै पर्यटनको नयाँ ढोका’ गोकर्णेश्वरवासीलाई केएमसीमा उपचार गर्दा ५० प्रतिशतसम्म छुट कर्मचारी छनोटमा योग्यतासँगै नैतिकता र सदाचारिताको परीक्षण आवश्यकः सभापति ढकाल सडक पेटीको अतिक्रमण तत्काल हटाउन सरकारका नाममा सर्वोच्चको परमादेश काठमाडौँ महानगरकाे नीति तथा कार्यक्रममा आजदेखि छलफल सुरु सुधन गुरुङलाई गृहमन्त्रीमा पुनर्वहाली गर्ने कुरा आपत्तिजनक छः काँग्रेस सचेतक परियार ललितपुर महानगरपालिकाद्वारा ‘ई–चलान’ डिजिटल जरिवाना प्रणालीको शुभारम्भ सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य सरकारले वैज्ञानिकहरुका लागि उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्दछः एमाले सांसद बराल शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयोगले आफ्नो काम रोक्न सक्दैन, प्रकृया नै रोक भन्नु गलत हो : पूर्व प्रमुख आयुक्त श्रेष्ठ (भिडियो सहित)



अ+ अ-

काठमाडौंः  पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्य प्रसाद श्रेष्ठले निर्वाचन आयोगले निर्वाचन तयारीका काम रोक्न दबाब दिनु गलत भएको टिप्पणी गर्नु भएको छ ।

पूर्व प्रमुख आयुक्त श्रेष्ठले भन्नुभयो, आयोगले आफ्नो काम रोक्न सक्दैन । किन रोक्ने ? आयोगको धेरै काम प्रकृयागत हुन्छन् । प्रकृया नै रोक भन्नु गलत हो । यसरी भन्न मिल्दैन । यस्तो हस्तक्षेपकारी काम गर्नुहुन्न । उहाँले सडकमा के हुन्छ भनेर आयोगले नहेर्ने स्पष्ट पार्दै आयोगले ऐन नियम कानून हेर्छ । 

उहाँले सडकमा उत्रिएका राजनैतिक दललाइ संयमित हुन आग्रह गर्दै  कानून भित्र रहेर काम कारबाही गर्न सुझाव दिनुभयो ।  भोलि आफैं सरकार चलाउने ठाउँमा पुग्दा यस्तो समस्या आउँछ भनेर दलहरुले विचार गर्नुपर्ने उहाँको सुझाव छ । 

राजनैतिक दलको नेतृत्व धेरै नै जवाफदेही बन्नुपर्ने अवस्था रहेपनि  त्यस्तो नभएकाे मूल्याङ्कन श्रेष्ठको रहेको छ । श्रेष्ठले  राजनैतिक दलको संचालन विधि नै खराब भएको टिप्पणी गर्दै संसद विघटन गर्ने परम्परा नै जस्तो भएको बताउनुभयो । संविधानले सरकारलाई बाँधेको हुन्छ, निरंकुश हुन दिँदैन भन्दै श्रेष्ठले दलको संगठन बन्ने प्रकृया नै प्रजातान्त्रिक नभएको टिप्पणी गर्नुभयो । 

राजनैतिक दल भित्र शक्ति हस्तान्तरण गर्ने, नयाँ पुस्तालाई स्थान दिने कुरा गौण भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, यसले लोकतन्त्रको विकासमा बाधा पुगेको छ । यसैको कारण राजनैतिक संस्कारको विकास हुन सकेन ।