२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

खडेरीका कारण ट्युबेलको पानी सुक्न थाल्यो



अ+ अ-

उदयपुर । यय वर्ष खडेरी परेपछि उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका विभिन्न स्थानमा गाडिएका ट्युबेल (कल)को पानी सुक्न थालेको छ । त्रियुगा–१२, ११, ३, १, २, ४ र ५ क्षेत्रका स्थानमा गाडिएका कलको जमिनमुनि पानीको सहत सुकेर घट्न थालेपछि पानी आउन छाडेको स्थानीयवासी बताउँछन् ।

त्रियुगा–१२ बुद्धचोकका स्थानीय धनबहादुर मगरले छिमेकीसहित घरमा गाडेको कलमा १० दिनदेखि पानी आउन छाडेको मगरले बताउनुभयो । त्रियुगा–११ शिवालय टोलका देवराज कार्कीका अनुसार यसपटकको कडा खडेरीका कारण जमिनमुिन पानीको सहत घटेकाले २० फिट मुनिसम्म गाडेको ट्युबेलबाट समेत पानी आउन छाडेको हो ।

खडेरीले जमिनमुिनको सतहबाट पानी झनै तल घट्दै जान थालेकाले वडा नं १ जोगीदह क्षेत्रमा १७ देखि २० फिटमुनिसम्म गाडिएको ट्युबेलबाट केही दिनयतादेखि पानी आउन छाडेको स्थानीय कृष्ण ढुङ्गानाले बताउनुभयो ।

त्रियुगा–२ खैजनपुर र वडा नं ३ भुल्के मोतिगडा क्षेत्रमा खडेरीले जमिनको सतहभन्दा धेरै तल पानी घटेर झरेपछि गाडिएका कलबाट पानी आउन छाडेको मोतिगडाका नन्दीदेव चौधरीले बताउनुभयो । वडा नं ५ देउरी जलजले क्षेत्रमा पाँच दर्जनभन्दा बढी ट्युबेल सुकेका स्थानीय परमानन्द चौधरीले बताउनुभयो । चौधरीका अनुसार यस क्षेत्रमा १७ देखि २० फिट गहिराइका कलबाट पानी आउने गरेकामा अहिले अधिकांश कल सुकेका छन् ।

गाईघाट डिएमगेटका ट्युबेल मिस्त्री पशुपतिदेव चौधरीका अनुसार यसपटक यस क्षेत्रमा खडेरीका कारण २५ देखि ३० फिट गहिराइसम्म जमिनमुनि पानीको सहत घटेको छ । उहाँले यस क्षेत्रमा झण्डै पाँच सयभन्दा बढी ट्युबेलबाट पानी आउन छाडेको बताउनुभयो ।

पानीको सहत सुकेर पानी आउन छाडेपछि कतिपय स्थानीयवासी नजिकैको इनारबाट पानी बोकेर खान बाध्य भएका स्थानीय स्थानीय रोजन चौधरीले बताउनुभयो । रासस