२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहीबार नेप्से परिसूचक ३.२९ अंकले वृद्धि



अ+ अ-

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजार मापक नेप्से परिसूचक सामान्य अकंले वृद्धि भएको छ । 

साताको चार दिनको कारोबारमा लगातार रुपमा ओरालो लागेको नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको हो । बुधबार ३८.४२ अंकले गिरावट आएको नेप्से बिहीबार भने ३.२९  अंकले वृद्धि भएर २ हजार ७६९.९३ बिन्दूमा पुगेको छ । आज सेन्सेटिभ इण्डेक्स ०.३८ अंक, फ्लोट इण्डेक्स ०.०५ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२१ अंकले घटेको छ ।

आज कारोबारमा आएका २२४ कम्पनीको ६६ लाख ५७ हजार २३१ कित्ता शेयर ३ अर्ब ३४ करोड ३४ लाख १३ हजार ६८४ रुपैयाँको शेयर कारोबार भएको छ । नेप्से सामान्य अंकले बढे पनि शेयर कारोबार रकममा भने गिरावट आएको छ । बुधबार ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजार ४२ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

नेप्सेको कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ७ वटा उपसमूहको शेयर सूचक बढेको छ भने ६ वटा उपसमूहको सूचक राताम्मे भएको छ । जसमा निर्जिवन विमा उपसमूहको सूचक सबैभन्दा बढी १.०४ प्रतिशतले बढेको छ । त्यस्तै, वित्त उपसमूहको ०.६१ प्रतिशत, जलविद्युतको ०.१६ प्रतिशत, लगानीको ०.५४ प्रतिशत, उत्पादन तथा प्रशोधनको ०.३५ प्रतिशत, लघुवित्तको ०.१० प्रतिशत र अन्यको ०.८० प्रतिशत बढेको छ । यता, होटल तथा पर्यटन उपसमूहको परिसूचक भने सर्वाधिक ०.६९ प्रतिशत घटेको छ ।

आज कारोबारमा दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । विन नेपाल लघुवित्त र बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।  त्यस्तै सिईडिबी हाइड्रोपावर, अजोड इन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चरको शेयरमूल्य बढेको छ । तर सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य भने सर्वाधिक ४.१४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा नेशनल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । इन्स्योरेन्सको २० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । नेपाल टेलिकम, अपि पावर कम्पनीको १० करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।