• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

चलचित्र ‘छ माया छपक्कै’ आजबाट युटूबमा हेर्नुहोस् (फिल्मसहित)



काठमाडौं । आजबाट दर्शकहरुले नेपाली चलचित्र 'छ माया छपक्कै' आफ्नै मोबाईलबाट हेर्न पाउँने भएका छन् । चलचित्रकर्मी कलाकार दिपक राज गिरिले चलचित्र 'छ माया छपक्कै' आजबाट युटूबमा आएको बताएका छन् । राजनीतिक कथा बस्तुमा आधारित चलचित्रलाई दर्शकहरुले धेरै माया दिएको रधेरै दर्शकहरुलेले यो चलचित्रलाइ हलमा, चलचित्र एपमा, डिस होममा माया गर्नुभएकोमा आभारी व्यक्त गर्दै आजबाट युटूबबाट पनि प्रशारण गरिएको चलचित्रकर्मी कलाकार दिपक राज गिरिले बताए ।

उनले यस्तो लेखेका छन्ः 

'आदरणीय मित्रहरू….

हाम्रो पछिल्लो चलचित्र “ छ माया छपक्कै” पनि युटूबमा आएको छ । यो राजनीतिक कथा बस्तुमा आधारित चलचित्र लाइ तपाइहरूले धेरै माया दिनु भएको छ .. धेरै दर्शकले यो चलचित्रलाइ हलमा, चलचित्र एपमा, डिस होममा माया गर्नु भो …. र आज बाट HD quality मा YouTube मा आएको छ । हेरेर प्रतिकृया पाउँ……शुभदिन!'