१९ आश्विन २०८१, शनिबार
,
Latest
बाँकेको गिजरा सामुदायिक वनबाट चितुवा नियन्त्रण आज कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षा कुन–कुन पालिका भए विपद् संकटग्रस्त घोषित ? नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको आराधना गरिँदै पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधवारको मौसमः उच्च हिमाली भू-भागमा हिमपातको सम्भावना



अ+ अ-

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पूर्वी भू–भागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। प्रदेश नं १ को पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ साथै देशका पहाडी भुभागका केहि स्थानहरुमा र तराईका अधिकांश स्थानहरुमा हुस्सु र कुहिरो लागि रहेको छ।

देशको उच्च हिमाली भूभागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको साथै  विभिन्न भू–भागहरुमा आकाशमा बादल लागे सँगै राम्रोसँग घाम नालाग्दा  दिउसोको  तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका केहि भू९भागहरुमा बिहानको समयमा बाक्लो हुस्सु्रकुहिरो समेत लाग्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ ।

बुधबार प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू(भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ का पहाडी भू(भागका एक वा दूई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली भुभागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।