१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सीलाई पराजित गर्दै लेस्टर फेरि शीर्ष स्थानमा



अ+ अ-

लन्डन । लेस्टर सिटीले चेल्सीमाथि मंगलबार २–० को जित रचेर इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा फेरि उक्लन सफल भएको छ । विल्फ्रेड एनडीडी र जेम्स म्याडिसनको एक–एक गोलमा सिटीले शीर्ष स्थानमा फेरि उक्लने मौका पाएको हो । 

जितपछि लेस्टरको ३८ अंक भएको छ । हारले चेल्सी व्यवस्थापक फ्रान्क लाम्पार्डमाथि अझ दबाब बढेको छ । चेल्सी लिगका पछिल्ला आठ खेलमध्ये दुईमा मात्र विजयी रहेको छ । टोली अहिले आठौं स्थानमा झरेको छ ।

यो शीर्ष स्थानमा रहेको टिमसँग ९ अंकको दूरी हो । चेल्सीले सिजनको सुरुमा नयाँ खेलाडीका लागि ४० करोड खर्च गरेको थियो तर क्लबले त्यसअनुसार प्रदर्शन गर्न सकेको छैन ।