२७ मंसिर २०८२, शनिबार
,
Latest
एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्ज नाका हुने आयातमा ११ प्रतिशतले कमी



अ+ अ-

पर्सा । वीरगञ्ज नाका प्रयोग गरी नेपालका लागि हुने आयातमा कमी आएको छ भने नेपाली वस्तुको निर्यातमा वृद्धि भएको छ । देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जलाई प्रयोग गरी नेपालका लागि हुने मालवस्तुको आयातमा ११ प्रतिशतले कमी आएको छ भने भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा छ प्रतिशतले वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७६/७७ को साउनदेखि पुससम्मको छ महिनामा वीरगञ्ज नाका प्रयोग गरी रु दुई खर्ब ३८ अर्ब ८५ करोडभन्दा बढी मूल्यको विभिन्न माल वस्तु आयात भएको तुलनामा चालु आवको सोही अवधिमा रु २८ अर्ब ४७ करोड कम अर्थात् रु दुई खर्ब तीन अर्बभन्दा बढी मूल्यको विभिन्न माल वस्तु आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

त्यस्तै आव २०७६/७७ को साउनदेखि पुससम्मको छ महिनामा वीरगञ्ज नाका प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ भएको निर्यातको तुलनामा चालु आवको सोही अवधिमा रु एक अर्ब १२ करोडभन्दा बढी मूल्यको नेपाली वस्तु निर्यात भएको छ । गत आवको पहिलो छ महिनामा वीरगञ्ज नाका प्रयोग गरी रु १८ अर्ब ४१ करोड ५१ लाख मूल्य बराबरको विभिन्न वस्तु निकासी भएको तुलनामा चालु आवको सोही अवधिमा रु १९ अर्ब ५३ करोड ९० लाख मूल्य बराबरको माल वस्तु निकासी भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

वीरगञ्ज नाका प्रयोग गरी सवारी साधन, इन्धन तथा औद्योगिक कच्चा पदार्थको आयातमा कमी आएकोे वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिनुभयो  । उहाँले कोरोना सङ्क्रमण फैलिनबाट रोक्न नेपाल सरकारले गरेको बन्दाबन्दीका बेला देशभरिकै उद्योग व्यापार पुण रुपले बन्द रहेको र यसको प्रत्यक्ष असर व्यक्तिको आयमा परेकाले नेपाली बजारमा वस्तुको माग घट्दै गएपछि आयातमा पनि कमी देखिएको बताउनु भयो  । 

भारत सरकारले भटमास तेलको आयातमा लगाएको प्रतिबन्ध हटाएपछि यसको सकारात्मक प्रभाव नेपाली निर्यातमा देखिएको सूचना अधिकारी गुप्ताको भनाइ रहेको छ । उहाँले नेपालबाट भारततर्फ हुने भटमास तेलको निर्यातमा लगाएको प्रतिबन्ध भारत सरकारले हटाएपछि गत आवको पहिलो छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा निर्यात ३०० प्रतिशतले वृद्धि भएको बताउनु भयो । 

गत आवको पहिलो छ महिनामा रु दुई अर्ब ८७ करोड ३५ लाख मूल्य बराबरकोे दुई करोड २३ लाख ४७ हजार लिटर तेल निर्यात भएको तुलनामा चालु आवको सोही अवधिमा रु ११ अर्ब ५५ करोड ८१ लाख मूल्यको दुई करोड ८७ लाख ३५ हजार लिटरभन्दा बढी भटमासको तेल निर्यात भएको भन्सारले जनाएको छ । रासस