२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन News Polar कांग्रेस महाधिवेशन : आज तीन समूहका पदमा मतगणना हुँदै News Polar निर्मलराज पौडेलको ‘आम्मैनी मार्यो, कान्छीको माया ले’ गीत सार्वजनिक News Polar बूढीगण्डकीमा बाढी : बेनीघाटसम्म अति उच्च जोखिम, त्रिशूली र नारायणी किनारमा सतर्कता अपनाउन आग्रह News Polar बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा News Polar बूढीगण्डकी बाढीः नेपाली सेनाको उद्धार टोली प्रभावितस्थलमा

उपेन्द्र यादवको उपप्रधानमन्त्री पद र माधवकुमार नेपालको पार्टी धरापमा !

उपेन्द्र यादवको उपप्रधानमन्त्री पद र माधवकुमार नेपालको पार्टी धरापमा !
अ अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विभाजित भएसँगै अब उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवको पद धरापमा परेको छ । यसैगरी माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा पनि विभाजनको त्रास बढेको छ ।

पार्टीभित्र हालीमुहाली गर्दै आएका जसपाका अध्यक्ष उपेन्द्र यादवको पक्षमा पाँच जना मात्र सांसद बाँकी छन् । सात जनाले पार्टी विभाजन गरेपछि गठबन्धनमा यादव कमजोर मात्र भएका छैनन्, उनको पदसमेत धरापमा परेको छ ।

यादव अहिले अमेरिका भ्रमणमा छन् । उनी अमेरिका फर्किंदासम्म प्रधानमन्त्री पुष्पकमल दाहालले बर्खास्तसमेत गर्न सक्ने छन् । किनकी यादवमाथि गठबन्धनलाई घात गरेको आरोप उनकै सहकर्मीहरुले लगाइसकेका छन् । अहिलेसम्म यादवलाई उपप्रधानमन्त्रीबाट बर्खास्त नगरे पनि अमेरिकाबाट फर्किनुअघि नै उनको पद जाने सम्भावना बलियो बनेको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद् पुनर्गठन भएदेखि नै जसपा नेपाल आन्तरिक विवादमा थियो । गत २१ फागुनमा एमाले, माओवादी र रास्वपासहितको गठबन्धन बनाएको भनेर सार्वजनिक घोषणा गरेका जसपा अध्यक्ष यादवले उक्त निर्णय पार्टीबाट अनुमोदन गराउन निकै धेरै मिहिनेत गर्नुपरेको थियो । लामो कसरतपछि नवलकिशोर साह सुडीलाई वन तथा वातावरण र दीपक कार्कीलाई सोही मन्त्रालयको राज्यमन्त्री बनाउँदै यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री बनेका थिए ।

अब पार्टी विभाजनपछि यादवलाई बर्खास्त गरेर नयाँ दलका सांसदलाई मन्त्री बनाउने तयारी गठबन्धन नेतृत्वको छ । नयाँ दलको नेतृत्व सांसदसमेत रहेका अशोक राईले गरेका छन् ।

यता माधवकुमार नेपाल नेतृत्वका नेकपा एकीकृत समाजवादी पनि संकटमा परेको छ । १० सांसद रहेको एकीकृत समाजवादीभित्र विभाजन आउन सक्ने आशंका कतिपयको छ । गतउपनिर्वाचनमा समाजवादीले बेहोरेको लज्जास्पद पराजयसँगै नेताहरु नै अब पार्टीको भविष्य सकिएको बताउन थालेका छन् । अहिले पार्टी नेतृत्वप्रति असन्तुष्टि देखाउँदै दल विभाजन गराउन सके गठबन्धनबाट लाभ लिन सकिने मात्र होइन, भविष्यमा एमालेसँग पार्टी एकता गरेर पुन: सांसद बन्न पाइने लोभ केहीको छ ।

त्यसो त नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि नेकपा एसलाई विभाजिन गराउन चाहन्छन् । कुनै पनि हालतमा माधवकुमार नेपाललाई प्रधानमन्त्री हुनबाट रोक्ने चाहना ओलीको छ । उनले नेकपा एसका केही सांसदहरुलाई आश्वासनसमेत दिइसकेको बताइएको छ ।

अहिलेको गठबन्धन तोड्न सके कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव पालैपालो प्रधानमन्त्री बन्ने तयारी थियो । त्यहीअनुसार तीन जना नेताहरुले गठबन्धन ढाल्न भित्रभित्रै रणनीति बनाइसकेका थिए ।

खासगरी माधव नेपाल र उपेन्द्र यादवको भूमिकाले गठबन्धनभित्र संशय पैदा गरेको थियो, दुवै दल सरकारमा भए पनि निरन्तर कांग्रेस सभापतिसँग संवादमा छन् भन्ने दाहाल र ओलीको बुझाइ थियो । उनीहरू यो गठबन्धन भत्काएर नयाँ बनाउने तयारीमा लागेपछि वर्तमान सत्ता गठबन्धनले नयाँ रणनीति बनाएको हो ।

अब दाहाल र ओलीकै परामर्शमा नेकपा एकीकृत समाजवादी चाँडै विभाजित हुने दाबी केही नेताहरुको छ । त्यसको तयारी अन्तिम चरणमा पुगिसकेको छ । केही दिनभित्रै परिणाम आउने सम्भावना देखिएको छ ।