• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले ★   बैंगलोर नवौं पटक आईपीएल प्लेअफमा, चेन्नईलाई २७ रनले हरायो ★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा

उपेन्द्र यादवको उपप्रधानमन्त्री पद र माधवकुमार नेपालको पार्टी धरापमा !



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विभाजित भएसँगै अब उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवको पद धरापमा परेको छ । यसैगरी माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा पनि विभाजनको त्रास बढेको छ ।

पार्टीभित्र हालीमुहाली गर्दै आएका जसपाका अध्यक्ष उपेन्द्र यादवको पक्षमा पाँच जना मात्र सांसद बाँकी छन् । सात जनाले पार्टी विभाजन गरेपछि गठबन्धनमा यादव कमजोर मात्र भएका छैनन्, उनको पदसमेत धरापमा परेको छ ।

यादव अहिले अमेरिका भ्रमणमा छन् । उनी अमेरिका फर्किंदासम्म प्रधानमन्त्री पुष्पकमल दाहालले बर्खास्तसमेत गर्न सक्ने छन् । किनकी यादवमाथि गठबन्धनलाई घात गरेको आरोप उनकै सहकर्मीहरुले लगाइसकेका छन् । अहिलेसम्म यादवलाई उपप्रधानमन्त्रीबाट बर्खास्त नगरे पनि अमेरिकाबाट फर्किनुअघि नै उनको पद जाने सम्भावना बलियो बनेको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद् पुनर्गठन भएदेखि नै जसपा नेपाल आन्तरिक विवादमा थियो । गत २१ फागुनमा एमाले, माओवादी र रास्वपासहितको गठबन्धन बनाएको भनेर सार्वजनिक घोषणा गरेका जसपा अध्यक्ष यादवले उक्त निर्णय पार्टीबाट अनुमोदन गराउन निकै धेरै मिहिनेत गर्नुपरेको थियो । लामो कसरतपछि नवलकिशोर साह सुडीलाई वन तथा वातावरण र दीपक कार्कीलाई सोही मन्त्रालयको राज्यमन्त्री बनाउँदै यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री बनेका थिए ।

अब पार्टी विभाजनपछि यादवलाई बर्खास्त गरेर नयाँ दलका सांसदलाई मन्त्री बनाउने तयारी गठबन्धन नेतृत्वको छ । नयाँ दलको नेतृत्व सांसदसमेत रहेका अशोक राईले गरेका छन् ।

यता माधवकुमार नेपाल नेतृत्वका नेकपा एकीकृत समाजवादी पनि संकटमा परेको छ । १० सांसद रहेको एकीकृत समाजवादीभित्र विभाजन आउन सक्ने आशंका कतिपयको छ । गतउपनिर्वाचनमा समाजवादीले बेहोरेको लज्जास्पद पराजयसँगै नेताहरु नै अब पार्टीको भविष्य सकिएको बताउन थालेका छन् । अहिले पार्टी नेतृत्वप्रति असन्तुष्टि देखाउँदै दल विभाजन गराउन सके गठबन्धनबाट लाभ लिन सकिने मात्र होइन, भविष्यमा एमालेसँग पार्टी एकता गरेर पुन: सांसद बन्न पाइने लोभ केहीको छ ।

त्यसो त नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि नेकपा एसलाई विभाजिन गराउन चाहन्छन् । कुनै पनि हालतमा माधवकुमार नेपाललाई प्रधानमन्त्री हुनबाट रोक्ने चाहना ओलीको छ । उनले नेकपा एसका केही सांसदहरुलाई आश्वासनसमेत दिइसकेको बताइएको छ ।

अहिलेको गठबन्धन तोड्न सके कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव पालैपालो प्रधानमन्त्री बन्ने तयारी थियो । त्यहीअनुसार तीन जना नेताहरुले गठबन्धन ढाल्न भित्रभित्रै रणनीति बनाइसकेका थिए ।

खासगरी माधव नेपाल र उपेन्द्र यादवको भूमिकाले गठबन्धनभित्र संशय पैदा गरेको थियो, दुवै दल सरकारमा भए पनि निरन्तर कांग्रेस सभापतिसँग संवादमा छन् भन्ने दाहाल र ओलीको बुझाइ थियो । उनीहरू यो गठबन्धन भत्काएर नयाँ बनाउने तयारीमा लागेपछि वर्तमान सत्ता गठबन्धनले नयाँ रणनीति बनाएको हो ।

अब दाहाल र ओलीकै परामर्शमा नेकपा एकीकृत समाजवादी चाँडै विभाजित हुने दाबी केही नेताहरुको छ । त्यसको तयारी अन्तिम चरणमा पुगिसकेको छ । केही दिनभित्रै परिणाम आउने सम्भावना देखिएको छ ।