२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन’



अ+ अ-

गोरखा । गोरखाका लक्ष्मण गुरुङलाई अचेल रेन्बो ट्राउट माछाको माग धान्नै मुस्किल छ । विसं २०६७ देखि धार्चे गाउँपालिका–३ खोर्लाबेँसीमा ‘धार्चे रेन्बो ट्राउट एण्ड अग्र्यानिक होम’ माछा फार्म सञ्चालन गरिरहेका उहाँलाई व्यवसाय सुरूगर्दा उत्पादित माछाको बजारका विषयमा केही चिन्ता थियो । माछा उत्पादन सुरूभएपछि भने व्यवसाय सुरू गर्नुभन्दा अगाडिको जस्तो चिन्ता कहिल्यै गर्नुनपरेको उहाँले बताउनुभयो ।

तल्लो मनास्लु पदमार्गमा पर्ने खोर्लाबेँसीमा पदमार्गसँगै जोडिएर रहेको अग्र्यानिक माछा फार्ममा एक वर्षमा कम्तीमा २० क्विन्टल रेन्वो ट्राउट माछा उत्पादन हुने गर्दछ तर त्यसले स्थानीय बजारको माग धान्न नसकिएको गुरुङले बताउनुभयो । “अहिले वार्षिक करिब २० क्विन्टलसम्म माछा उत्पादन गरिरहेका छौँ । त्यसले माछा फार्ममा आउनेहरूको मागमात्रै पूर्ति गर्नसकिएको छ तर बाहिरबाट माग आउँदा पनि पठाउन सकिएको छैन”, गुरुङले भन्नुभयो ।

अर्ग्यानिक होममा आउने पाहुनाले प्रतिकेजी रु दुई हजारमा आफँैले पोखरीबाट ट्राउट माछा झिकेर खान पाउने व्यवस्था गरिएकाले पछिल्लो समयमा यही बासबस्ने गरी आउनेको संख्या बढ्दै गएको पनि उहाँले बताउनुभयो । उहाँका अनुसार घरमा लैजान चाहनेलाई प्रतिकिलो रु एक हजार सात सयमा बिक्री गर्ने गरिएकामा फार्मबाट दैनिक सात किलोभन्दा बढी र माघमा लाग्ने तातोपानी मेलाको समयमा भने मदैनिक तीन क्वीन्टलसम्म माछा बिक्री हुने गरेको छ । “सामान्यत: दैनिक सात किलोभन्दा बढी माछा बिक्रि हुने गरेको छ । मेलापर्वका बेला भने फार्मको उत्पादनले नपुगेर हामी आफैँले बाहिरबाट किनेर ल्याउनुपर्ने अवस्था आउँछ । त्यसैले अहिलेसम्म व्यापार गरेर पछुताउनु परेको छैन”, उहाँले भन्नुभयो ।

धार्चेको पानी हिमालबाट आउने र धेरै चिसो हुनेभएकाले यहाँको माछा स्वादिष्ट हुने स्थानीयको भनाइपछि आफूले त्यसको सदुपयोग गर्दै व्यावसायिक आयआर्जन सुरूगरेको बताउने गुरुङले व्यवसाय विकासमा केही चुनौति रहे पनि निराश हुने अवस्था भने नरहेको बताउनुभयो । “समस्या र चुनौति त सबै ठाउँमा छन् तर मेहनत गरे आफ्नै गाउँठाउँमा पनि उद्यम गरेर खानसकिन्छ भन्ने उहाहरण म आफैँ हुँ । त्यसैले अरु युवाले पनि गरे केही हुन्छ भन्ने भावनाका साथ काम गर्नसक्नुपर्छ”, गुरुङको भनाइ छ । रासस