• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

नेपालले टस हार्यो, पहिले फिल्डिङ गर्ने



काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ सँगको टी–२० सिरिजको पाँचौ तथा अन्तिम खेलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । टीयु क्रीकेट मैदानमा वेस्ट इन्डिज ‘ए’ ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।

लगातार तीन खेलमा जित निकालेको वेस्ट इन्डिज ‘ए’ ले सिरिज जितिसकेको छ ।

नेपालले टोलीमा आज दुई खेलाडीलाई परिवर्तन गरिएको छ । गुल्सन झा र ललितनारायाण राजवंशी बेन्चमा रहँदा अनिकुमार साह र सागर ढकालले मौका पाएका छन् ।

नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी, ललितनारायण राजवंशी, प्रतिश जिसी, गुल्सन झा, अभिनाश बोहरा र सन्दीप जोरा छन् ।