८ श्रावण २०८३, शुक्रबार
,
Latest
पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै नेपाल प्रवेश गर्ने क्रम बढ्योः प्रहरी महानिरीक्षक कार्की खुला सीमाना र साइबर अपराध मुख्य सुरक्षा चुनौती, सीमा क्षेत्रमा नेपाल प्रहरीको उपस्थिति बढाइयो सीमा सुरक्षा र अपराध नियन्त्रणमा सशस्त्र प्रहरी प्रतिवद्ध छः महानिरीक्षक पौडेल सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण गोरखाबाट सुत्केरी महिलाको आकस्मिक हवाई उद्धार आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनको छलफल सुरु मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट अनैतिक कार्यमा संलग्न ४७ विदेशी महिला ‘डिपोर्ट’ झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै प्लाइउड निर्यातका अवरोध तत्काल हटाउन प्रधानमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्ततः वानखेडेमा चम्किए केकेआरका २४.७५ करोडका बलर



अ+ अ-

एजेन्सी । ९ खेलमा धेरै रन दिएका आईपीएल इतिहासकै सबैभन्दा महँगा खेलाडी कोलकाता नाइट राइडर्स (केकेआर)का लागि १० औं खेलमा चम्किए । २४.७५ करोडका फास्ट बलरले मुम्बई इन्डियन्सको वानखेडे मैदानमा ब्याटिङ अर्डर ध्वस्त पारे ।

उनै मिचेल स्टार्कले एक ओभरमा खेलको कायापलट नै बदलिदिए । स्टार्कले एकै ओभरमा मुम्बईका तीन ब्याट्सम्यानलाई प्याभिलियनको बाटो देखाए ।

मिचेल स्टार्कले इशान किशनको विकेट लिएर मुम्बई इन्डियन्सविरुद्ध आफ्नो स्पेल सुरु गरेका थिए । स्टार्कले इशानलाई क्लिन बोल्ड गर्दै प्याभिलियनको बाटो देखाए ।

स्टार्कलाई १७ औं ओभरमा कप्तान श्रेयस अय्यरले दोस्रो स्पेलका लागि बोलाए । स्टार्कले कप्तानको अपेक्षा पूरा गरे र १७ औं ओभरमा टिम डेभिडविरुद्ध ३ रन मात्र दिए । यसपछि स्टार्क इनिङ्सको १९ औं ओभर बलिङ गर्न आएका थिए । टिम डेभिडले ओभरको पहिलो बल सिधै बाउन्ड्री लाइनमा ६ रनमा पठाए ।

तर, दोस्रो बलमा स्टार्कले बलियो पुनरागमन गर्दै डेभिडको इनिङ्सलाई समाप्त गरे । यसपछि अर्को बलमा केकेआरका फास्ट बलर पियुष चावलालाई खाता नखोली नै प्याभिलियनको बाटो देखाए । ओभरमा दुई विकेट लिएका स्टार्कले पाँचौं बलमा गेराल्ड कोएट्जीको मिडल स्टम्प उडाइदिए । स्टार्कले एकै ओभरमा तीन विकेट लिए । ३.५ ओभरको स्पेलमा स्टार्कले ३३ रन दिएर ४ विकेट लिए ।

केकेआरले वानखेडे मैदानमा १२ वर्षपछि मुम्बई इन्डियन्सलाई हराएको हो । यसअघि कोलकाताले यस मैदानमा सन् २०१२ मा अन्तिम पटक जित हासिल गरेको थियो । मिचेल स्टार्क केकेआरबाट मुम्बईविरुद्धको खेलमा चार विकेट लिने चौथो बलर बनेका छन् ।