• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

छात्राको शरिरबाट गोलि निकालियो, कस्तो छ अहिले अवस्था ?



काठमाडौँ । झापाको दमकमा आक्रमणमा परी गम्भीर घाइते भएकी छात्रा एनिका अधिकारीको शरीरमा लागेको गोली निकालिएको छ । परीक्षा दिएर फर्किँदै गरेकी एनिकालाई आज दिउँसो सिरहा घर भएका अमितकुमार यादवले गोली हानेका थिए ।

उनको नाभि छेउमा गोली लागेको थियो । दमकस्थि लाइफ लाइन अस्पतालका चिकित्सकले शल्यक्रिया गरी गोली निकालेका छन् । एनिका दमकस्थित हिमालय माध्यमिक विद्यालयमा कक्षा १२ मा मानविकी संकायमा अध्ययनरत थिइन् ।

एनिकाको अवस्था खतरामुक्त रहेको बताइएको छ । एनिका ११ कक्षामा अध्ययन गर्न सो विद्यालयमा आएकी थिइन् । घटनामा संलग्न भनिएका यादव उदयपुरमा शिक्षकको रूपमा कार्यरत थिए । एनिकाले ती व्यक्तिले आफूलाई पढाएको बताएकी छन् ।

अस्पतालकै बेडबाट एनिकाले बोलेको भिडियो सार्वजनिक भएको छ । भिडियोमा एनिकाले आफूलाई उनले पढाएको र दमक आएपछि पनि यादवसँग एक–दुई पटक भेट भएको बताएकी छन् ।

गोली हान्नुको कारण पत्ता लागिसकेको छैन । यसबारे प्रहरीले अनुसन्धान थालिरहेको जनाएको छ ।