११ भाद्र २०८३, बिहीबार
,
Latest
त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवादेखि चितवनसम्म ठूलो क्षति, खोज तथा उद्धार कार्य तिब्र भोटेकोशी बाढी : १६२ जनाको शव फेला, २८ प्रहरी अझै बेपत्ता भोटेकोशी बाढीको वितण्डा- फोटो फिचर भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ हैदराबादसँग खेल्दै त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षा बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्बोच्चले तत्काल संसद सुचारु गर्न आदेश दिनु  पर्छ : अधिबक्ता ओमप्रकाश अर्याल



अ+ अ-

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको रिट माथि सर्बोच्च अदालतको सबैधानिक ईजलासमा सुनुवाई सुरु भएको छ । रिट निबेदकका तर्फ बाट बिहिबार सुरुबाति बहस गर्दै अधिबक्ता ओमप्रकाश अर्यालले सर्बोच्च अदालतले तत्काल संसद सुचारु गर्न आदेश दिनु पर्ने माग गर्नुभयो । 

बहसका क्रममा अधिवक्ता अर्यालले संसद् सुचारु गर्न राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको नाममा परमआदेश जारी गर्न माग गर्नुभएको हो । उहाले भन्नुभयो संसद विघटनको निर्णय राजपत्रमा  प्रकाशित भएको छैन तसर्थ  निर्णय फिर्ता लिने ठाउ छ । प्रधानमन्त्रीको निर्णय सबिधान बिपरित भएको दाबी गर्दे अर्यालले प्रधानमन्त्रीको कदमलाई सर्बोच्च अदालतले सच्चाउनु पर्ने बताउनु भयो । 

बहसका क्रममा अधिबक्ता अर्थालले संसद विघटन गरे संविधान नै असफल हुने चेतावनी  दिदै जनप्रतिनिधिले सार्वभौम सत्ताको अभ्यास गर्न पाउने अधिकार सर्बोच्चले सुनिश्चितता गर्नुपर्ने बताउनु भयो ।