१९ आश्विन २०८१, शनिबार
,
Latest
बाँकेको गिजरा सामुदायिक वनबाट चितुवा नियन्त्रण आज कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षा कुन–कुन पालिका भए विपद् संकटग्रस्त घोषित ? नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको आराधना गरिँदै पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिल्ला अदालत टोकियोले भन्यो दोहोरो नागरिकता पाउनु पर्ने माग संबिधान बिपरित



अ+ अ-

जापान । बिदेशी नागरिकता लिएकाहरुलाई आफ्नो नागरिक मान्न जापानको अदालतले अस्विकार गरेको छ । स्विजरल्याण्ड लगायतको नागरिकता लिएका ६ जना पूर्व जापानी नागरिकहरुले दुइ देशको नागरिक हुन पाउनु पर्ने माग राख्दै टोकियो जिल्ला अदालतमा दायर मुद्दामा उनीहरुको दाबि स्वीकार गर्न नसकिने फैशला सुनाएको हो । 

बिदेशी नागरिकता लिएकाहरुलाई जापानी नागरिक नमान्ने कुरा संविधानको उलंघन हो भन्दै उनीहरुले मुद्दा दायर गरेका थिए । तर अदालतले अर्को कुनै देशको नागरिकता लिएकाहरुलाई आफ्नो देशको नागरिक नमान्नु संविधानको उल्लङ्घन नहुने फैसला सुनाएको हो ।

जापानको नागरिकता त्यागेर अर्को देशको नागरिकता लिन पाउने नागरिकको अधिकारलाई संविधानले सुरक्षित गरेको छु न्यायाधिस हिदाकी मोरीको फैसलामा भनिएको छ ुतर दोहोरो नागरिकताको प्राबधानालाई संविधानले अङ्गीकार गर्दैन।

बिदेशी नागरिकता प्राप्त गर्न जापानी नागरिकहरुलाइ संविधानले स्वतन्त्रता प्रदान गरेको फैशालामा उल्लेख गरिएको छ । आफ्नै चाहानाले बिदेशी नागरिकता लिएपछि पनि स्वदेशी नागरिकता स्वतः गुम्ने कुरा सम्बिधानतस् सहि भएको अदालतको ठहर छ । एन एचकेको सहयोगमा