• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

कलाकारको भविष्य सुनिश्चितताको लागि रोयल्टीको व्यवस्थापन हुनुपर्छ : राज्यमन्त्री मानन्धर



काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले नयाँ पुस्ताका कलाकारको भविष्य सुनिश्चितताको लागि रोयल्टीको व्यवस्थापन गर्नुपर्ने बताउनुभएको छ ।

बिहिबार अग्रज गायिका तारा देवीको स्मृतिमा गर्न लागिएको कार्यक्रमबारे जानकारी दिन आयोजित कार्यक्रममा बोल्दै राज्यमन्त्री मानन्धरले रोयल्टीको व्यवस्थापन गर्न सके नयाँ पुस्ताको कलाकारहरुको भविष्य सुनिश्चित हुने बताउनुभएको हो । रोयल्टीको व्यवस्थापन गर्न सके अग्रज तथा नयाँ श्रष्टाको सम्मान हुने पनि उहाँको भनाई छ । राज्यमन्त्री मानन्धरले अग्रज श्रष्टाको नाममा रहेका विभिन्न फाउन्डेशनहरुलाई मर्ज गर्दै रोयल्टी व्यवस्थापन गर्ने आफ्नो अभियान रहने बताउनुभयो ।

अग्रज गायिका तारादेवीको स्मृतिमा तारा देवी स्मृति फाउण्डेशनको आयोजनामा सम्झनामा तारा देवी तथा सम्मान कार्यक्रम गरिने भएको छ । १५ औँ स्मृतिको अवसर पारेर शुक्रबार कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ । कार्यक्रममा तारादेवीले गाउनुभएका एक दर्जन भन्दा बढी गित अग्रज तथा अनुज गायक गायिकाबाट गीत संगित प्रस्तुत गरिने तारा देवी स्मृति फाउन्डेशनका कोषाध्यक्ष रमेश थापाले जानकारी दिनुभयो ।

काठमाडौँ महानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष दिपक केसीले काठमाडौँ महानगरपालिकाले अग्रज कलाकारको सम्मानमा महानगरपालिका लागेको बताउनुभयो ।

गायिका तारा देवीको गितहरुको संरक्षण र प्रवद्र्धन गर्दै नयाँ पुस्तालाई प्रोत्साहन गर्ने उद्देश्यले बि.सं. २०७५ सालमा तारा देवी स्मृति फाउन्डेशन स्थापना गरिएको आयोजकले जनाएको छ ।