१ असार २०८३, सोमबार
,
Latest
खर्च कटौतीका एक दर्जन प्रस्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न अपि हिमालको काखमा क्रिकेटः ‘खेलबाट खुल्दै पर्यटनको नयाँ ढोका’ गोकर्णेश्वरवासीलाई केएमसीमा उपचार गर्दा ५० प्रतिशतसम्म छुट कर्मचारी छनोटमा योग्यतासँगै नैतिकता र सदाचारिताको परीक्षण आवश्यकः सभापति ढकाल सडक पेटीको अतिक्रमण तत्काल हटाउन सरकारका नाममा सर्वोच्चको परमादेश काठमाडौँ महानगरकाे नीति तथा कार्यक्रममा आजदेखि छलफल सुरु सुधन गुरुङलाई गृहमन्त्रीमा पुनर्वहाली गर्ने कुरा आपत्तिजनक छः काँग्रेस सचेतक परियार ललितपुर महानगरपालिकाद्वारा ‘ई–चलान’ डिजिटल जरिवाना प्रणालीको शुभारम्भ सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य सरकारले वैज्ञानिकहरुका लागि उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्दछः एमाले सांसद बराल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कलाकारको भविष्य सुनिश्चितताको लागि रोयल्टीको व्यवस्थापन हुनुपर्छ : राज्यमन्त्री मानन्धर



अ+ अ-

काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले नयाँ पुस्ताका कलाकारको भविष्य सुनिश्चितताको लागि रोयल्टीको व्यवस्थापन गर्नुपर्ने बताउनुभएको छ ।

बिहिबार अग्रज गायिका तारा देवीको स्मृतिमा गर्न लागिएको कार्यक्रमबारे जानकारी दिन आयोजित कार्यक्रममा बोल्दै राज्यमन्त्री मानन्धरले रोयल्टीको व्यवस्थापन गर्न सके नयाँ पुस्ताको कलाकारहरुको भविष्य सुनिश्चित हुने बताउनुभएको हो । रोयल्टीको व्यवस्थापन गर्न सके अग्रज तथा नयाँ श्रष्टाको सम्मान हुने पनि उहाँको भनाई छ । राज्यमन्त्री मानन्धरले अग्रज श्रष्टाको नाममा रहेका विभिन्न फाउन्डेशनहरुलाई मर्ज गर्दै रोयल्टी व्यवस्थापन गर्ने आफ्नो अभियान रहने बताउनुभयो ।

अग्रज गायिका तारादेवीको स्मृतिमा तारा देवी स्मृति फाउण्डेशनको आयोजनामा सम्झनामा तारा देवी तथा सम्मान कार्यक्रम गरिने भएको छ । १५ औँ स्मृतिको अवसर पारेर शुक्रबार कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ । कार्यक्रममा तारादेवीले गाउनुभएका एक दर्जन भन्दा बढी गित अग्रज तथा अनुज गायक गायिकाबाट गीत संगित प्रस्तुत गरिने तारा देवी स्मृति फाउन्डेशनका कोषाध्यक्ष रमेश थापाले जानकारी दिनुभयो ।

काठमाडौँ महानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष दिपक केसीले काठमाडौँ महानगरपालिकाले अग्रज कलाकारको सम्मानमा महानगरपालिका लागेको बताउनुभयो ।

गायिका तारा देवीको गितहरुको संरक्षण र प्रवद्र्धन गर्दै नयाँ पुस्तालाई प्रोत्साहन गर्ने उद्देश्यले बि.सं. २०७५ सालमा तारा देवी स्मृति फाउन्डेशन स्थापना गरिएको आयोजकले जनाएको छ ।