२९ कार्तिक २०८१, बिहीबार
,
Latest
वैदेशिक लगानी प्रवद्र्धनका लागि नेपाली राजदुतहरुले अग्रसरता लिनुपर्छः अध्यक्ष ढकाल पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन जाडो छल्न आगन्तुक चरा चितवनमा महिलाका लागि आम्दानीको आधार बन्दै घोँगी व्यापार सन्तोषलाई पुर्ख्यौली पेसा नै प्यारो उपनिर्वाचनः उदयपुरमा पाँच राजनीतिक दलका उम्मेदवार सार्वजनिक इजरायलद्वारा बेरुतको दक्षिणी उपनगरहरूमा हवाई आक्रमण शुरु रुपन्देहीमा रवि लामिछानेको तेस्रो दिन पनि बयान जारी, बयान सकेर कास्की लगिने आठ करोडको लागतमा त्रिशूलीमा नयाँ पुल माओवादीनिकट राष्ट्रिय कर्मचारी महासङ्घद्वारा बाढीपीडितलाई सात लाख ७७ हजार सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कलाकारको भविष्य सुनिश्चितताको लागि रोयल्टीको व्यवस्थापन हुनुपर्छ : राज्यमन्त्री मानन्धर



अ+ अ-

काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले नयाँ पुस्ताका कलाकारको भविष्य सुनिश्चितताको लागि रोयल्टीको व्यवस्थापन गर्नुपर्ने बताउनुभएको छ ।

बिहिबार अग्रज गायिका तारा देवीको स्मृतिमा गर्न लागिएको कार्यक्रमबारे जानकारी दिन आयोजित कार्यक्रममा बोल्दै राज्यमन्त्री मानन्धरले रोयल्टीको व्यवस्थापन गर्न सके नयाँ पुस्ताको कलाकारहरुको भविष्य सुनिश्चित हुने बताउनुभएको हो । रोयल्टीको व्यवस्थापन गर्न सके अग्रज तथा नयाँ श्रष्टाको सम्मान हुने पनि उहाँको भनाई छ । राज्यमन्त्री मानन्धरले अग्रज श्रष्टाको नाममा रहेका विभिन्न फाउन्डेशनहरुलाई मर्ज गर्दै रोयल्टी व्यवस्थापन गर्ने आफ्नो अभियान रहने बताउनुभयो ।

अग्रज गायिका तारादेवीको स्मृतिमा तारा देवी स्मृति फाउण्डेशनको आयोजनामा सम्झनामा तारा देवी तथा सम्मान कार्यक्रम गरिने भएको छ । १५ औँ स्मृतिको अवसर पारेर शुक्रबार कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ । कार्यक्रममा तारादेवीले गाउनुभएका एक दर्जन भन्दा बढी गित अग्रज तथा अनुज गायक गायिकाबाट गीत संगित प्रस्तुत गरिने तारा देवी स्मृति फाउन्डेशनका कोषाध्यक्ष रमेश थापाले जानकारी दिनुभयो ।

काठमाडौँ महानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष दिपक केसीले काठमाडौँ महानगरपालिकाले अग्रज कलाकारको सम्मानमा महानगरपालिका लागेको बताउनुभयो ।

गायिका तारा देवीको गितहरुको संरक्षण र प्रवद्र्धन गर्दै नयाँ पुस्तालाई प्रोत्साहन गर्ने उद्देश्यले बि.सं. २०७५ सालमा तारा देवी स्मृति फाउन्डेशन स्थापना गरिएको आयोजकले जनाएको छ ।