४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको आक्रोस- केहीले पित पत्रकारिता गरेका छन् ती नर्क जान्छन् (भिडियो सहित)



अ+ अ-

 काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले केही संञ्चार माध्यामले जनतालाई दिग्भ्रमित पारिरहेको आरोप लगाउनु भएको छ । प्रेस सङ्गठनको आफू निकट पत्रकारहरुको दोस्रो राष्ट्रिय भेलालाई राष्ट्रिय सभागृहमा संवोधन गर्दै उहाँले भन्नुभयो 'अहिले देशको ठुलो समस्या पीत पत्रकारिता भएको छ, पीत पत्रकारिताबाट सावधान हुन म सबैलाई आग्रह गर्दछु ।' 

प्रेस सङ्गठनको दोस्रो राष्ट्रिय भेलालाई संवोधन गर्दै प्रधानमन्त्री ओलीले केही पत्रकारहरूले झुटको खेती गरिरहेको बताउनुभयो । उहाँले महात्मा गान्धीको उदाहरण दिँदै भन्नुभयो, 'महात्मा गान्धीका तीन बाँदर जस्तै छन् केही सञ्चारमाध्यम, राम्रोकुरा देख्न परे बरु आँखा छोप्छु भन्न थालेका छन् ।  राम्रो सुन्नु परे बरु कान थुन्छु, राम्रो बोल्नु परे बरु मुख थुन्छु भन्ने छ उनीहरुको' प्रधानमन्त्री ओलीले बताउनुभयो ।  

प्रधानमन्त्री ओलीले नेपालका कतिपय मिडियाले जहिल्यै झुटो छाप्ने र जनतलाई दिग्भ्रमित पारिरहेका छन्, त्यस्ता मिडियाबाट जनता र देशलाई जोगाउनु पर्ने अवस्था अएको उहाँले बताउनुभयो । 

उहाँले पीत पत्रकारिता राष्ट्रिय हितमा नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ती व्यक्तिहरु पैसाका लागि स्वार्थमा फसेका छन्,  उनीहरु आत्मा बेचेकाहरू हुन् र नर्कमा जान सक्छन् । 

प्रधानमन्त्री ओलीले भनेका छन् जब मान्छेले आत्मा बेच्छ, त्यो ज्युँदै नर्क जान्छ, आज त्यो कोटिमा पत्रकारहरु नै परेका छन् ।