२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकपका लागि छानिएको टोली अहिलेको ‘बेस्ट १५’: कप्तान रोहित



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान रोहित कुमार पौडेलले विश्वकपका लागि छनोट गरिएको टोली बेस्ट रहेको बताएका छन् ।

बिहीबार वेस्ट इन्डिज एसँग हार बेहोरेपछि पत्रकारहरुसँग बोल्दै रोहितले अहिलेको अवस्थामा ‘बेस्ट १५’ छनोट भएको बताए । उनले भने, ‘अहिलेको सिनारियोमा यो बेस्ट १५ हो’ ।

नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार मात्रै आगामी महिना हुने विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको थियो ।

वेस्ट इन्डिज एसँग पहिलो खेल जितेको नेपालले लगातार ३ खेल गुमाएपछि ५ खेलको शृंखला हारेको छ । रोहितले आफूहरुले ठीक निर्णय लिन नसकेको र धैर्यतासाथ खेल्न नसकेको कारण सिरीज गुमाउन परेको बताए । पावर प्लेमा अपेक्षित प्रदर्शन गर्न नसक्दा टोली दबाबमा परेको उनको भनाइ छ ।

आजको खेलमा कप्तान रोहित एक्लैले ८२ रन बनाए । उनले अघिल्ला दुई खेलमा पनि शतक र अर्धशतक बनाएका थिए ।

 




भर्खरै