११ भाद्र २०८३, बिहीबार
,
Latest
विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन वैकल्पिक लाइनबाट नुवाकोटका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति सुचारु भोटेकोशी बाढीपीडितका लागि कांग्रेसद्वारा सहयोग अभियान भोटेकोशी बाढी : तनहुँमा भेटिएका नौ शव पोखरा ल्याइयो निजी हेलिकप्टर उडानमा कडाइ, सरकारी समन्वयबिना खोज तथा उद्धार नगर्न निर्देशन बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह पश्चिम नवलपरासीमा पाँच शव फेला रसुवामा बाढी : सेनाद्वारा १२३ जनाको उद्धार, टनेलमा फसेका सात जनाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम्युनिष्ट सरकारविरुद्ध आन्दोलनमा उत्रिन डा.महतको अपिल



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले वर्तमान कम्युनिष्ट सरकारको अत्याचार र असंवैधानिक कमदका विरुद्धमा आन्दोलनमा उत्रिन सबै नेपालीलाई अपिल गर्नुभएको छ । 

उहाँले आज ओली नेतृत्वको सरकारले गरेको संसद विघटन असंबैधानिक कदम विरुद्ध नेपाली कांग्रेस टोखा नगरपालिका वडा नं ४, ५, ६ र ७ समितिद्वारा संयुक्त रुपमा आयोजित बिरोध सभामालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, 'यो सरकार संविधान विरोधी र अत्याचारी हो, यसका विरुद्धमा लाग्न सबै नेपलीलाई म अपिल गर्दछु ।' 

'नेपाली कांग्रेसका सहमहामन्त्री डा.महतले काँग्रेस अहिले संसद विघटन गरेर मात्र होइन कि गत मंसिर २९ गतेदेखि नै आन्दोलनमा छ । यो सरकारले आफ्नो सत्ता स्वार्थमा संसदीय व्यवस्था सिद्धाउने खेलमा लागेको कुरा काँग्रेसलाई पहिले नै थाहा थियो त्यसैले काँग्रेसले सरकारका विरुद्धमा आन्दोलन शुरु गरेको हो' उहाँको भनाई थियो ।

'यो सरकारबाट देशको हित नहुने भन्दै काँग्रेसले आन्दोलनको घोषणा गर्दा सरकारलाई काम गर्न नदिएको भनियो तर अहिले देखियो कि पार्टीका आन्तरिक झगडामा देशको लोकतान्त्रिक व्यवस्थाको कसले हुर्मत लियो' उहाँको भनाई थियो । 

काँग्रेसले प्रधानमन्त्री ओलीको संसद विघटनको कदमका विरुद्धमा आन्दोलनमा होमिएको भन्दै यस आन्दोलनलाई सदुपयोग गर्ने र सर्वोच्च अदालतले संसद पुनर्थापना गर्यो भने निर्वाचनमा जाने पनि उहाँले बताउनुभयो ।