• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा ★   पोल्यान्डसँग बराबरीमा रोकियो फ्रान्स, एमबाप्पे र लेवान्डोस्कीले गरे गोल ★   युरो कपः नेदरल्यान्ड्सलाई हराउँदै अष्ट्रिया समूह विजेता बनेर नकआउट चरणमा प्रवेश ★   चन्द्रमाको सतहबाट नमूना लिएर पृथ्वीमा फर्कियो चीनको यान ★   नेपालमा अष्ट्रेलियन लगानी ल्याउन पहल गर्छु: वाणिज्यदूत शर्मा ★   झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी बिरुद्धको मुद्दा: सचिव र मेयरलाई सफाई ,अरु दोषी ठहर ★   ‘इट्स माइ शो’को विषयबारे अनमोलले के भने ?

कम्युनिष्ट सरकारविरुद्ध आन्दोलनमा उत्रिन डा.महतको अपिल



काठमाडौं । नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले वर्तमान कम्युनिष्ट सरकारको अत्याचार र असंवैधानिक कमदका विरुद्धमा आन्दोलनमा उत्रिन सबै नेपालीलाई अपिल गर्नुभएको छ । 

उहाँले आज ओली नेतृत्वको सरकारले गरेको संसद विघटन असंबैधानिक कदम विरुद्ध नेपाली कांग्रेस टोखा नगरपालिका वडा नं ४, ५, ६ र ७ समितिद्वारा संयुक्त रुपमा आयोजित बिरोध सभामालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, 'यो सरकार संविधान विरोधी र अत्याचारी हो, यसका विरुद्धमा लाग्न सबै नेपलीलाई म अपिल गर्दछु ।' 

'नेपाली कांग्रेसका सहमहामन्त्री डा.महतले काँग्रेस अहिले संसद विघटन गरेर मात्र होइन कि गत मंसिर २९ गतेदेखि नै आन्दोलनमा छ । यो सरकारले आफ्नो सत्ता स्वार्थमा संसदीय व्यवस्था सिद्धाउने खेलमा लागेको कुरा काँग्रेसलाई पहिले नै थाहा थियो त्यसैले काँग्रेसले सरकारका विरुद्धमा आन्दोलन शुरु गरेको हो' उहाँको भनाई थियो ।

'यो सरकारबाट देशको हित नहुने भन्दै काँग्रेसले आन्दोलनको घोषणा गर्दा सरकारलाई काम गर्न नदिएको भनियो तर अहिले देखियो कि पार्टीका आन्तरिक झगडामा देशको लोकतान्त्रिक व्यवस्थाको कसले हुर्मत लियो' उहाँको भनाई थियो । 

काँग्रेसले प्रधानमन्त्री ओलीको संसद विघटनको कदमका विरुद्धमा आन्दोलनमा होमिएको भन्दै यस आन्दोलनलाई सदुपयोग गर्ने र सर्वोच्च अदालतले संसद पुनर्थापना गर्यो भने निर्वाचनमा जाने पनि उहाँले बताउनुभयो ।