२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत गौरवशमशेर जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता News Polar पूर्वसांसद डा. विजय पौडेलको निधन News Polar कांग्रेसको अल्पसङ्ख्यक तथा अपाङ्गता क्लस्टरको मतगणना भोलि बिहान १० बजेदेखि News Polar नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी News Polar कांग्रेसको १५औँ महाधिवेशन : युवा खुलातर्फको मतगणना साँझ ६ बजेदेखि सुरु गर्ने तयारी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुत थापाको प्रतिवद्धताः ‘नेपालको राष्ट्रिय हित नै सर्वोपरि, कन्सुलर सेवालाई चुस्त बनाउनेछु’ News Polar एमालेमाथि घेराबन्दी कायमै रहेको ओलीको दाबी, एकजुट भएर प्रतिवाद गर्न निर्देशन News Polar मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माणको तयारीमा सरकार News Polar जलवायु जोखिम न्यूनीकरणका लागि वातावरणमैत्री पूर्वाधार निर्माणमा जोड : विद्यादेवी भण्डारी News Polar चीनसँगका नाका पूर्ण क्षमतामा सञ्चालन गर्ने राजदूत शर्माको प्रतिबद्धता News Polar कांग्रेसलाई गुटरहित बनाउन विजेता र पराजित सबैलाई सँगै लैजानुपर्छ : खड्गी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुतलाई सांसदहरूको प्रश्नः सैन्य सहयोगदेखि डायस्पोराको समस्यासम्ममा स्पष्ट योजना के छ ? News Polar उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद News Polar न्यूनतम समर्थन मूल्यमा ६७ करोड ५० लाख रुपैयाँको धान खरिद गरिने News Polar ट्रक दुर्घटनामा चालकको मृत्यु News Polar बेलुका ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने

तेजावपीडितलाई निगमले दियो एक वर्षको रोजगारी

तेजावपीडितलाई निगमले दियो एक वर्षको रोजगारी
अ अ+ अ-

काठमाडौं । नेपाल आयल निगमले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत तेजाब आक्रमणबाट पीडित दुई महिलालाई एक वर्षका लागि रोजगारी दिएको छ । तेजाब आक्रमणबाट पीडित बनेकी साविक फूलबारी गाविस–३ ओखलढुङ्गाकी पवित्रा कार्की र नवलपरासीकी वसन्ती परियारलाई निर्वाह खर्च उपलब्ध गराउने गरी गत पुस १६ गतेदेखि कामकाजमा लगाइएको निगमले जनाएको छ । 

तेजाव आक्रमणबाट पीडित भई सामाजिक तथा मनोवैज्ञानिक त्रासका साथ जीवन बाँचिरहेको आक्रान्त अवस्थामा उहाँहरु निगमको सम्पर्कमा आउनुभएको थियो । उहाँहरु दुवै जनाले कमजोर आर्थिक र शरीरमा तेजावको जलनका कारण अन्य शारीरिक कार्य गर्न असमर्थ रहेको र जीवन निर्वाह तथा नियमित औषधिको जोहो गर्न कठिनाइ भएको व्यहोरा खुलाइ आफ्नो योग्यताअनुसारको रोजगारीको व्यवस्था गरिदिन अनुरोध गरी निगममा निवेदन पेश गर्नुभएको थियो । 

तेजावपीडित दुवै जनालाई सामाजिकीकरणमा सहयोग पु¥याइ क्षमता विकास गर्नसक्ने अवसर जुटाइदिने तथा जीवनयापन औषधोपचारमा पुनःउत्थान र सामाजिक अन्तरघुलन गराइ निजको आत्मबल बढाइ भविश्यमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ रोजगार प्रदान गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । 

उनीहरुलाई न्यूनतम् मासिक रु २० हजार पारिश्रमिक पाउने गरी कार्यालय सहयोगीको जिम्मेवारी दिइएको उहाँले बताउनुभयो । तेजाव पीडितलाई एक वर्षको करार गरेर काममा लगाइएको उहाँको भनाइ छ । तेजाव पीडितको आत्मबल बढाउने र समाजमा आत्मसम्मानका साथ जीवन निर्वाह गर्न सघाउ पुग्ने उद्देश्यले कामको अवसर दिइएको प्रवक्ता उपाध्यायले जानकारी दिनुभयो । 

निगमले पेट्रोलियम पदार्थको आयात, भण्डारण तथा बिक्रीवितरण व्यवस्थापनका अतिरिक्त संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विविध सामाजिक तथा कल्याणकारी कार्य गर्दै आइरहेको छ । निगमले कोभिड–१९ रोकथाम तथा उपचार कोषमा रु ५० करोड सहयोग गरेको थियो । यस्तै निगमले खोटाङको हलेसी मन्दिरमा धर्मशाला निर्माण, लकडाउनका समयमा अपाङ्गता भएका तथा बेसहारा व्यक्ति, बालगृह, वृद्धाश्रमलगायतलाई एलपी ग्यासको सिलिण्डर उपलब्ध गराएर सामाजिक उत्तरदायित्वअन्तर्गत सेवा पु¥याएको थियो । रासस