१९ आश्विन २०८१, शनिबार
,
Latest
नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ एक अर्ब ६० करोड स्थलगत रिपोर्ट : प्राथमिकताका आधारमा सहयोग गर्नुपर्छ बाँकेको गिजरा सामुदायिक वनबाट चितुवा नियन्त्रण आज कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षा कुन–कुन पालिका भए विपद् संकटग्रस्त घोषित ? नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको आराधना गरिँदै पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय सहयोगको खोप यसरी आईपुग्यो नेपाल (भिडियो सहित)



अ+ अ-

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोनाविरुद्दको १० लाख डोज खोप हस्तान्तरण गरिएको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन कोत्राले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहिबार बालुवाटारमा आयोजित कार्यक्रममा भारत सरकारको तर्फबाट उपहार स्वरुप कोरोनाविरुद्दको १० लाख डोज खोप हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई थप ४० लाख डोज खोप चाहिएको भन्दै भारत सरकारले नेपाललाई कसरी उपलब्ध गराउन सक्छ छलफल गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालले आवश्यक खोपहरु खरिद गर्न तयार रहेको भन्दै पूर्वसर्तहरु भए मान्न तयार रहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले भारत सरकारले बाँकी खोपहरुपनि उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भारतले नेपाललाई कोरोनाविरुद्दको खोप सहयोग गर्नु मित्रताको प्रतिकको रुपमा रहेको उल्लेख गर्दै यसले दुईदेश विचको एकतालाई देखाएको बताउनुभयो ।

यस्तै हस्तान्तरण कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भारत सरकारको सहयोग निरन्तर हुने बताउनु भयो । भारतले छिमेक पहिलो नीतिलाई प्राथमिकता दिएको बताउनु भयो ।