९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

एक सय वर्षको लाल इतिहास बोकेको शाङहाई

एक सय वर्षको लाल इतिहास बोकेको शाङहाई
अ अ+ अ-

एक सय वर्ष अगाडिको भवन। एक सय वर्ष अगाडिको सभाकक्ष। एक सय वर्ष अगाडि प्रकाशित पुस्तक।

हातमा बोकिने स्मार्ट फोन दुई वर्ष पुरानो भयो भने नयाँ किन्न हामीलाई हतार हुन्छ। एकै वर्षमा किताबका थुप्रै संस्करणहरु प्रकाशित भइसकेका हुन्छन्। पुरानो किताबभन्दा नयाँ किताबको महत्व धेरै हुन्छ किनभने पुरानो किताबलाई अत्यावधिक गर्दै नयाँ संक्रमणमा प्रकाशन गरिएको हुन्छ। पुराना भवन भत्काएर नयाँ बनाए आधुनिकताको पहिचान हुने ठानिन्छ। एक्काईसौँ शताब्दीमा दौडिरहेका हाम्रा लागि पुराना कुराको खासै महत्व हुँदैन। तर कुनै पुरानो गल्ली, पुरानो घर, पुरानो सभाकक्ष, पुरानो किताब त्यस्ता हुन्छन् जसले विश्वलाई हल्लाउँछन्।

समाज र राष्ट्रलाई पूरै परिवर्तन गराउँछन् अनि, विश्वको नजरलाई सधैँ आफूतिर तान्न सफल हुन्छन्। हो, यहाँ चर्चा गर्न खोजिएको स्थान चीनको पूर्वमा रहेको शाङहाई सहरको एउटा गल्लीको हो। जसले चीनमा गौरवपूर्ण एक सय वर्षको जिउँदो इतिहासलाई सर्लक्कै बोकेको छ।

त्यसो त शाङहाई चीनकै सबैभन्दा विकसित आधुनिक वाणिज्य केन्द्र हो। शाङहाईमा गगनचुम्बी महलहरु हराभरा छन्। त्यति भएर पनि यसको छुट्टै इतिहास पनि रहेको छ। शाङहाईको हुआनफू जिल्ला त्यहीँ स्थान हो जसले चिनियाँ कम्युनिष्ट पार्टीलाई जन्मायो र विश्व इतिहासमा नयाँ कोशेढुङ्गा राख्न सफल भयो।

सन् १९२१ जुलाई १ तारिख चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीको स्थापना शाङहाईमा भएको थियो। अहिले त्यो इतिहासले एक वर्षको यात्रा पार गरिसकेको छ। स्थापना भएको २८ वर्षपछि सन् १९४९ मा सीपीसीले चीनमा क्रान्ति गरी नयाँ चीन स्थापना गर्न सफल भयो। त्यसपछि लगातार ७२ वर्षदेखि सीपीसीले चीनमा शासन चलाइरहेको छ।

शाङहाईको हुआनफू जिल्लाको नानछाङ मार्गमा राखिएको सो सूचनापाटीमा लेखिएको छ 'चिनियाँ कम्युनिष्ट पार्टी सीपीसी स्थापना भएको स्थल'। सीपीसीको पहिलो अधिवेशन भएको क्षेत्रबाट एक किलोमिटर टाढा राखिएको उक्त सूचना पाटीले त्यहाँ पुग्ने जोकोहीको ध्यान तान्ने गर्छ। सूचनापाटी राखिएको ठाउँको अगाडिको भवन चाहिँ 'नवयुवा' पत्रिकाको सम्पादकीय कार्यालय हो। नयाँ युवा त्यतिबेला एउटा प्रगतिशील पत्रिका थियो। शाङहाईको यो क्षेत्रले एक सय वर्षको लाल इतिहास बोकेर बसेको छ। हिजोआज पनि थुप्रै मान्छेहरु शाङहाईको शिखुमन भवनको अवलोकन गर्न जाने गर्छन्। शिखमुन भवन नै सीपीसी स्थापना भएको भवन हो।

नवयुवा पत्रिकाले त्यतिबेला चिनियाँ युवालाई राष्ट्र निर्माणका लागि प्रोत्साहित गर्दथ्यो। समाज परिवर्तनका लागि युवाहरुको जिम्मेवारी बोध गराउँदै देश निर्माण र विकासको बसह चलाउँथ्यो। त्यही वहस र छलफलमा सहभागी युवाहरुकै सक्रियतामा सीपीसीको स्थापना भएको हो।

आजभन्दा एक सय वर्ष अगाडि यो सामान्य गल्ली थियो। जुन गल्लीले केही युवाहरुलाई एकत्रित गर्दै देश र समाज परिवर्तन गर्नका लागि सामान्य छलफल चलाउँथ्यो। चीन गणतन्त्रमा प्रवेश गरेको दस वर्ष पनि पुगेको थिएन। अनि शाङहाई चीनको राजधानी पनि थिएन। अझ यो विभिन्न देशको उपनिवेशका रुपमा रहेको थियो। तसर्थ एक सय वर्ष अगाडि शाङहाईको सो क्षेत्रमा चिनियाँभन्दा विदेशी प्रभाव बढी देखिन्थ्यो।

एउटा समान्य गल्ली अनि त्यही सामान्य गल्लीमा स्थापित नवयुवा पत्रिकाको अफिसबाट सुरु भएको वहसले चिनियाँ इतिहासमा यस्तो बाटो बनायो जसले आज गौरवशाली एक सय वर्षको इतिहास निर्माण गरेको छ। विश्वको दोस्रो ठूलो अर्थतन्त्रका रुपमा एक्काईशौँ शताब्दीमा उदाइरहेको चीनको भविष्य यही गल्लीमा कोरिएको थियो। यो गल्ली नै चीनमा क्रान्तिको बिउ रोप्ने रोडम्याप थियो जसले चिनियाँ कम्युनिष्ट पार्टी सीपीसी स्थापना गरायो। मार्क्सवाद र लेनिनवादको सिर्जनात्मक प्रयोग गर्दै नयाँ चीन निर्माण गर्ने कसम खायो।

यही भवनमा बसेर छन तुसिउले कम्युनिष्ट पार्टीको घोषणापत्रको शुद्धाशुद्धी हेरेका थियो। कम्युनिष्ट पार्टीको घोषणापत्रलाई चिनियाँ भाषामा अनुवाद गर्ने काम चाहिँ छन वाङताओले गरेका थिए। सन् १९२० अगष्टमा यो घोषणापत्र नवयुवाकै कार्यालयबाट प्रकाशित भएको थियो। एक सय वर्ष अगाडि प्रकाशित रातो आवरणको उक्त घोषणापत्रको पहिलो प्रकाशनप्रति जम्मा १२ प्रति मात्र प्राप्त छ। ती १२ प्रतिमध्ये ५ प्रति शाङहाईमा रहेका छन्।

सो भवनको २ किलोमिटरको दुरीमा शिखुमन भवन रहेको छ। सो भवनमा संरक्षण गरिएको स्मारक हल नै सीपीसीको दोस्रो अधिवेशन भएको स्थल हो। यो भवन सीपीसीको पहिलो अधिवेशनमा प्रतिनिधि रहेका ली ता नामक एकजना नेताको घर थियो। यही भवनमा सीपीसीले जन प्रकाशन गृह र किसान महिला स्कुल चलाउँथ्यो। 'कम्युनिष्ट पार्टी' मासिक पत्रिकाको सम्पादन पनि यहीँ हुन्थ्यो र सीपीसीको पहिलो विधान पनि यहीँ जन्मिएको थियो।

अहिले सीपीसीको पहिलो अधिवेशन भएको भवनको जिर्णोद्वार गरेर संरक्षण गरिएको छ। दोस्रो अधिवेशन भएको भवनको जिर्णोद्वार चलिरहेको छ। यी दुवै स्थल आगामी जुलाई १ तारिखभन्दा अगाडि खुल्ला हुनेछन्। सन् १९२१ जुलाई १ तारिख सीपीसी स्थापना भएको हो। त्यसो त शाङहाईका गल्लीहरुमा सीपीसी स्थापनासँगै थुप्रै 'ऐतिहासिक प्रथम'का रेकर्ड भेट्न सकिन्छ। शाङहाई नगरपालिकको पछिल्लो तथ्याङ्क अनुसार शाङहाईमा मात्र ६१२ वटा ऐतिहासिक लालश्रोतहरु रहेका छन्।

चीनमा लालश्रोतलाई निकै महत्व दिइन्छ। माओले लङमार्च गर्दा सेल्टर लिएका स्थानहरुलाई संरक्षण गरेर राखिएको छ। पल्लो शान्षी प्रान्तको यानआनको गुफामा रहेकी सीपीसीको हेडक्वार्टरलाई पर्यटकीय स्थल बनाइएको छ। सन् १९२७ अगष्ट १ तारिख चाउएनलाईको नेतृत्वमा च्याङसी प्रान्तमा जनमुक्ति सेना स्थापनाको घटनालाई सङ्ग्रहालयको रुपमा विकास गरिएको छ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले नयाँ वर्ष सन् २०२१को शुभकामना मन्तव्यमा सीपीसीको स्थापनालाई निकै गहन र प्रतीकात्मक रुपमा व्यक्त गरेका छन्। उनले भनेका छन् 'सन् १९२१ मा शाङहाईमा तैरिएका साना राता डुङ्गाहरु अहिले विशाल जहाज बनेर समुद्रमा यात्रा गरिरहेका छन्।' एक सय वर्ष अगाडि रोपिएको सीपीसीका यतिबेला झण्डै दस करोड सदस्यहरु छन्। विशाल चीनका एक अर्ब ४० करोड नागरिकको अनुहारमा खुशी र हाँसो छर्ने काम सीपीसीले गरिरहेको छ। एक सय वर्षको यात्रामा सीपीसीका हरेक पाइलाहरु ऐतिहासिक बन्दै गएका छन् र नयाँ पुस्तालाई इतिहास सिकाउन हरेक कुराको संरक्षण पनि गरिँदै आएको छ।