९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

तातोपानी नाका २० दिनका लागि बन्द



अ+ अ-

काठमाडौं । उत्तरको मुख्य तातोपानी नाका भएर हुँदै आएको व्यापारिक कारोबार आगामी २० दिनका लागि बन्द गरिएको छ । नेपाल–चीन जोड्ने मितेरी पुलको मर्मत थालिएपछि बिहीबारदेखि कारोबार रोकिएको हो । चीनले बिहीबारबाटै मितेरी पुलको मर्मत थालेको छ । चीनले पुल मर्मत गर्न बढीमा २० दिन लाग्ने र यो अवधिभर आयात बन्द गर्ने निर्णय भएको जानकारी दिएको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले बताए । चीनबाट आयातै नभएपछि मर्मत अवधिभर व्यापारिक कारोबार पनि नहुने उनले जानकारी दिए ।

गएको बर्खामा भोटेकोसीमा आएको बाढीले क्षति गरेको मितेरी पुलको मर्मत थालेको चीनले जानकारी दिएको छ । बाढीले पुलका दुई स्थान ९पिलर० का जग केही खोतलेको थियो । त्यही खोतलेको जग पुर्न चीनले आयात बन्द गरेको प्रमुख खत्रीले बताए ।

पुल निर्माण भएको डेढ वर्षमा नै चीनले मर्मत थालेको हो । २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले मितेरी पुल क्षतिग्रस्त बनाएपछि चीनले सोही ठाउँमा नयाँ बनाएको थियो । नागरिक दैनिक