१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

श्रम सम्बन्धि विवाद स्थानीय तहमै समाधान हुनु महत्वपूर्ण: अध्यक्ष ढकाल

श्रम सम्बन्धि विवाद स्थानीय तहमै समाधान हुनु महत्वपूर्ण: अध्यक्ष ढकाल
अ अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले श्रम सम्बन्धि विवादहरु स्थानीय तहमा नै समाधान हुनु महत्वपूर्ण उपलब्धि भएको बताउनुभएको छ ।

बुधवार काठमाडौंमा अन्तर्राष्ट्रिय श्रम दिवसको अवसरमा उहाँले यस्तो बताउनुभएको हो । केन्द्र तथा प्रदेशहरुमा श्रम सल्लाहकार परिषद् गठन हुनु, स्थानीय श्रम सम्बन्धि विवादहरु स्थानीय तहमा नै दुई पक्षीय र आवश्यक परेको अवस्थामा, त्रिपक्षिय संवादका माध्यमबाट समाधान खोज्ने व्यवहारमा विकास हुनुले पनि श्रम विवादका घटनाहरुमा निकै कम भएको बताउनु भयो ।

उहाँले नेपालमा पनि सामाजिक संवादमार्फत श्रम सम्बन्धि समस्याको समाधान गर्ने विषयले थप महत्व पाउँदै गएको बताउनु भयो । उहाँले सामाजिक संवाद र आपसी सहमति कायम गरी श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन ल्याएको विषयलाई अन्तर्राष्ट्रिय निकायले असल अभ्यासका रुपमा सलने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालको श्रम सम्बन्ध जुन रुपमा विकास भइरहेको छ, त्यसलाई अन्य मुलुकले पनि निकै अभिरुचीका साथ हेर्ने गरेको विभिन्न अन्तर्राष्ट्रिय गोष्ठीमा देख्न सकिन्छ । यो हाम्रा लागि सुखद् अवसर पनि हो । सामाजिक संवाद र आपसी सहमति कायम गरी श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन ल्याएको विषयलाई अन्तर्राष्ट्रिय निकायले असल अभ्यासका रुपमा लिने गरेका छन् । हामीले शुरु गरेका असल अभ्यास र सहकार्यको निरन्तरता र साझा हितका लागि काम गर्ने संस्कृतिको विकास गर्न हामी सबैको प्रतिवद्धताको लागि म आग्रह गर्दछु । गएका पाँच सात वर्ष यता श्रम सम्बन्धले नयाँ मोड लिएको कुरा हामीले अनुभव गरेका छाँै । फलस्वरुप केन्द्र तथा प्रदेशहरुमा श्रम सल्लाहकार परिषद् गठन हुनु, स्थानीय श्रम सम्बन्धि विवादहरु स्थानीय तहमा नै दुई पक्षीय र आवश्यक परेको अवस्थामा, त्रिपक्षिय संवादका माध्यमबाट समाधान खोज्ने व्यवहारमा विकास हुनुले पनि श्रम विवादका घटनाहरुमा निकै कम आएको हामीले महशुस गरेका छाँै । नेपालमा पनि सामाजिक संवादमार्फत श्रम सम्बन्धि समस्याको समाधान गर्ने विषयले थप महत्व पाउँदै गएकोमा खुशी छाँै ।’

अध्यक्ष ढकालले आगामी दिनमा आउने समस्या समाधानका लागि रोजगारदाता र श्रमीक मिलेर जानुको विकल्प नरहेको जिकिर गर्नुभयो । उहाँले लगानी सम्मेलनको एजेण्डालाई सबै राजनीतिक दल र नेताहरुले निजी क्षेत्रको लगानी र विकास बढाउने ऐक्यवद्धता गरेको भन्दै आगामी दिनमा आर्थिक क्रियाकलाप बढाउने र रोजगारी सिर्जना गर्ने ढोका खोलेको बताउनु भयो ।