५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता

प्रतिनिधि सभा विघटनको राजपत्रमा प्रकाशित सूचना इजलासमा पेश

प्रतिनिधि सभा विघटनको राजपत्रमा प्रकाशित सूचना इजलासमा पेश
अ+ अ-

काठमाडौ ।  प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको बहस सर्वाेच्च अदातलतको संवैधानिक इजलासमा सुरु भएको छ ।  

इजलास सुरु भएसँगै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले रिट निवेदकका तर्फबाट बहस गरिरहेका कानून व्यवसायीहरुलाई समयको ख्याल गर्दै बहस छोटो गर्न आग्रह गर्नु भएको छ । झण्डै ३०० भन्दा कानून व्यवसायीले बहसका लागि नाम टिपाएका छन् ।  

एकै कानून व्यवसायीले बहसका लागि लामो लामो समय लिँदा रिटको फैसला हुन निकै समय लाग्ने भएपछि प्रधानन्यायाधीशले बहस छोटो गर्न आग्रह गर्नुभएको हो ।  

शुक्रबार  रिट निवेदकका तर्फबाट बहस गर्न लाग्नु भएका कानुन व्यवसायी कोपिलप्रसाद अधिकारीलाई  प्रधानन्यायाधीश राणाले १० मिनेटमा बहस सक्न आग्रह गरेपछि अधिकारीले आफू नाम मात्र लेखाउन नआएको भन्दै १५ मिनेट दिन आग्रह गर्नुभएको थियो । कानून व्यवसायीको आग्रह पनि प्रधानन्यायाधीश राणाले भन्नुभयो, 'दुई महिना लिन्छौं भने पनि दिन्छौं  तर मुद्दा निरुपण गर्नुपर्ने हताराे पनि छ ।'  

यसैबीच महान्यायाधीवक्ता अग्नि खरेलले प्रतिनिधिसभा विघटन सम्बन्धी राजपत्रमा प्रकाशित सूचना इजलास समक्ष पेश गर्नु भएको छ । बिहीबारको बहसमा अधिवक्ता टिकाराम भट्टराईले सरकारले राजपत्रमा समेत सूचना प्रकाशन गरेर औपचारिक जानकारी नगराएका कारण प्रतिनिधिसभा विघटनको निर्णय बदर हुनु पर्ने माग गर्नु भएको थियो ।