• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   राजनीतिक दल सम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय ★   काँग्रेसको अवरोधपछि जेठ ६ गतेसम्मका लागि राष्ट्रियसभाको बैठक स्थगित ★   उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न दिनुपर्नेमा राप्रपाको जोड ★   हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग ★   सन्दीपलाई मेरिना इम्पेक्सको सुट ★   प्रधानमन्त्रीले कांग्रेसका नेताहरूलाई छलफलका लागि बोलाए ★   संसदीय समिति नबनेसम्म सदन चल्न नदिने ‘मुड’मा विपक्षी दल ★   ‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु: उपसभामुख राना (अन्तरवार्ता) ★   न्यायपालिकाप्रतिको आशंका निवारणमा सबै पक्षको प्रयास केन्द्रित हुनुपर्छ: प्रधानन्यायाधीश श्रेष्ठ ★   न्यायपालिकाको सुदृढिकरणका लागि सरकार प्रतिवद्ध: प्रधानमन्त्री

नयाँदिल्लीको रोडको नाम सुशान्तसिंह राजपुत मार्ग राखिने



एजेन्सी । भारतीय राजधानी नयाँदिल्लीमा एउटा रोडको नाम दिवंगत अभिनेता सुशान्तसिंह राजपुतको नामबाट राखिने भएको छ। दक्षिणी दिल्लीको एन्ड्रुगन्जदेखि इन्दिरा क्याम्पससम्मको रोडको नाम सुशान्तसिंह राजपुत मार्ग राख्ने निर्णय स्थानीय परिषदले गरेको हो।

उक्त रोडमा धेरैजसो मानिसहरू बिहारबाट बसाइँ सरेर आएका छन् । स्थानीयहरूले सुशान्तको सम्झनामा सडकको नाम उनको नामबाट राख्न खोजेको हो। 

सुशान्त बिहारको राजधानी पटनामा जन्मिएका थिए। गत जुनमा बान्द्रास्थित आफ्नै अपार्टमेन्टमा मृत फेला परेका राजपुत बिहीबार ३५ वर्षका पुग्ने थिए। जन्मदिनमा उनका समर्थकले राजपुतलाई सम्झिएका छन्।

राजपुतले भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीको वायोपिकमा मुख्य भूमिका निर्वाह गरेका थिए। भारतीय टेलिश्रृंखलाहरूमा जमेका राजपुतले सन् २०१३ मा ‘काइपोचे’ फिल्मबाट बलिउडमा डेब्यु गरेका थिए।

पछिल्लो समय उनले सारा अली खानसँग केदारनाथ र श्रद्धा कपुरसँग खेलेको फिल्म छिछोरेले दर्शको मनमा बस्न सफल भएको थियो ।

राजपुतको असामयिक निधनपछि उनले आत्महत्या गरेका नभई बलिउडको व्यवहार र उनको सम्बन्धले आत्महत्या गर्न बाध्य पारेको हो भन्दै ठूलो बहस भएको थियो।