५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

लखनउले मुम्बईलाई ४ विकेटले हरायो



अ+ अ-

काठमाडौँ । आईपीएल–२०२४ को ४८ औँ खेलमा लखनउ सुपर जायन्ट्सले मुम्बई इन्डियन्सलाई ४ विकेटले पराजित गरेको छ । चालू सिजनमा यी दुईबीच पहिलो पटक खेल भएको हो ।

एलएसजीको यो सिजनको छैटौं जित हो । टोली १२ अंकसहित अंक तालिकाको तेस्रो स्थानमा छ । अर्कोतर्फ एमआईले लगातार तेस्रो खेलमा हार बेहोरेको छ ।

लखनउको भारत रत्न श्री अटल बिहारी वाजपेयी स्टेडियममा भएको खेलमा एलएसजीले टस जितेर बलिङ रोजेको थियो । मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर १४४ रन बनाएको थियो । जवाफमा लखनउले १९.२ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।

मार्कस स्टोइनिसले ४५ बलमा ६२ रनको इनिङ खेले भने कप्तान केएल राहुलले २८ रनको योगदान दिए । मुम्बईका लागि कप्तान हार्दिक पाण्ड्याले २ विकेट लिए । खेलको प्लेयर अफ द म्याच पनि स्टोइनिस भए ।

एमआईका लागि नेहल वढेराले ४६, टिम डेभिडले ३५ र इशान किशनले ३२ रन बनाए । लखनउका मोहसिन खानले २ विकेट लिए । मयंक यादव, नवीन उल हक, रवि बिश्नोई र मार्कस स्टोइनिसले एक–एक विकेट लिए ।