१ असार २०८३, सोमबार
,
Latest
एमाले प्रचार शैली प्रविधि अभावका कारण ‘रक्षात्मक’ बनेको स्वीकार, डिजिटल दक्षता बढाउन जोड सुस्तामा सीमा सुरक्षाका लागि सरकारले तत्काल सशष्त्र प्रहरीको स्थायी क्याम्पको व्यवस्था गर्नुपर्दछः सचेतक मेचे सङ्घीय निजामती ऐन तत्काल जारी गर्न लोक सेवा आयोगको आग्रह, एकल विश्वविद्यालय सेवा आयोग बनाउन… १८ दिन बितिसक्दा समेत मन्त्रालयगत बजेट विवरण सार्वजनिक नगरिएको भन्दै नेकपाले उठायो सरकारको पारदर्शितामाथि प्रश्न काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०८३\०८४ का लागि नीति तथा कार्यक्रम पारित भारतसँग देखिएको चिया निर्यात सम्बन्धि समस्या सरकारले तत्काल सम्बोधन गरोस्ः जयन्तिदेवी राई केन्द्रीय कानुन पुस्तकालय खारेज नगर्न बारको आग्रह शिक्षक सरुवासम्बन्धी नयाँ निर्देशन जारी, पदपूर्ति र बढुवा प्रक्रियामा कडाइ खर्च कटौतीका एक दर्जन प्रस्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न अपि हिमालको काखमा क्रिकेटः ‘खेलबाट खुल्दै पर्यटनको नयाँ ढोका’
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले घुँडा नटेकेसम्म आन्दोलन जारी रहन्छ : झलनाथ खनाल



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका बरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको भगौडा भएको टिप्पणी गर्नुभएको छ । 

शुक्रबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को केन्द्रीय संघर्ष समितिले प्रतिनिधि सभा विघटनको विरुद्दमा आयोजना गरेको विरोध सभामा सम्बोधन गर्दै बरिष्ठ नेता खनालले ओली नेकपाको भगौडा भएको टिप्पणी गर्नुभएको हो । नेकपा क्रान्ति र प्रतिक्रान्तिको विभिन्न श्रृङ्खला पार गर्दै ७१ वर्ष पार गरेको स्मरण गर्दै उहाँले केपी ओली कम्युनिष्ट आन्दोलनभित्रको घातक तत्व रहेको बताउनुभयो । ओली नेकपाको अध्यक्ष बन्न लायक नरहेको उहाँको भनाई छ । ओलीले सानो गुट बनाएर पार्टीलाई चोइट्याएको उहाँले बताउनुभयो । नेकपा बलियो र सुदृढ भएको भन्दै सुदृढ पार्टीमा गलत मान्छे बस्न नसक्ने र ओलीले प्रतिगमन गरेका कारण पार्टीबाट आफै भाग्नुपर्ने अवस्था आएको उहाँको भनाई छ ।

बरिष्ठ नेता खनालले संसद विघटनलाई प्रधानमन्त्री ओलीले राजनीतिक कदम भन्नेगरेको भन्दै यो राजनीतिक कदम नभई प्रतिगमनकारी कदम भएको बताउनुभयो । प्रधानमन्त्रीले संविधान अनुसार चल्नुपर्ने उहाँको भनाई छ । प्रधामन्त्री ओलीले जनताले स्थिरताको निम्ति दिएको जनादेश विरुद्ध आक्रमण गरेको तथा संविधानलाई च्यातेर ध्वंसको थालनी गरेको उहाँले बताउनुभयो । उहाँले जनता कतातिर छन् भनेर सडकमा आएर हेर्न प्रधानमन्त्री ओलीलाई आग्रह गर्नुभयो ।

बरिष्ठ नेता खनालले संविधानले बनाएको सर्वोच्च अदालत भएकाले सर्वोच्चले संविधान बाहिर गएर कुनै व्याख्या विश्लेषण गर्न नमिल्ने बताउनुभयो । सर्वोच्चले संसद पुर्नस्थापना गर्नुको विकल्प नभएको उहाँको भनाई छ । त्यसैगरी निर्वाचन आयोग पनि प्रचण्ड–माधवले नेतृत्व गरेको नेकपालाई नै आधिकारिक पार्टी भन्न बाध्य हुने उहाँले बताउनुभयो ।

उहाँले प्रतिगमन नसच्चिएसम्म र केपी ओलीले घोडा नटेकेसम्म कफन बाँधेर सडकमा उत्रिने बताउनुभयो ।




भर्खरै