• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo

उत्कृष्ट कौशी खेती कृषकको खोजी गर्दै वडा कार्यालय



काठमाडौँ । ललितपुर महानगरपालिका १ वडाले कौसी खेती प्रवद्र्धनका लागि आयोजना गरिएको कौसी खेती प्रतियोगिताबाट उत्कृष्ट ३ जना कौशी खेती कृषक खोजीको कार्यमा जुटेको छ ।

गृहिणी महिलाहरुलाई लक्षित गरी आयोजना गरिएको प्रतियोगितामा कौसी खेतीका तरकारी, साना फलफूल तथा पुष्प खेती व्यवस्थापनलाई समेत समेटिएको थियो ।

कम्पोष्ट विनबाट बनेको मलको प्रयोग, कौशी वा बगैंचाको लेआउट, मौसम अनुसारका विरुवाको छनौट, नियमित हेरचाह तथा पानीको प्रयोग जस्ता ११ वटा मापदण्ड तयार गरी पहिलो चरणको अनुगमन सकिएको वडा कार्यालयले जनाएको छ ।

पहिलो अनुगमनबाट प्राप्त तथ्यांकलाई आधारमा उत्कृष्ट ५० जनालाई कौशी खेती प्रवद्र्धनका लागि कोकोपिट, भर्मि कम्पोष्ट मल, ग्रो ब्याग, बिउबिजन, हजारी तथा स्प्रेयर लगायत विविध सामाग्रीहरु वडाबाट निःशुल्क वितरण गरिएको थियो ।