• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा ज्ञानेन्द्र शाहले आज ललितपुरका विभिन्न मन्दिरको दर्शन गर्ने ★   प्रमुख जिल्ला अधिकारीको सरुवालाई व्यवस्थित बनाउँदै गृह सचिव ★   दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी, तीन घण्टापछि नियन्त्रणमा-फोटो फिचर ★   हेलिकोप्टर दुर्घटनामा बेपत्ता इरानी राष्ट्रपति अझै भेटिएनन्, रुसले पठायो उद्धार टोली ★   प्रधानमन्त्रीको विश्वासको मत अनिश्चित ★   कोलकाता र राजस्थानबीचको खेल वर्षाका कारण रद्द, राजस्थान र आरसीबी एलिमिनेटरमा भिड्ने ★   म्यान्चेस्टर सिटीलाई लगातार चौंथो पटक प्रिमियर लिगको उपाधि ★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान

लगानी सम्मेलनमा भएको सहभागिता र प्रतिवद्धताबाट उत्साहित नेपालको निजी क्षेत्र



काठमाडौँ । दुई दिन सञ्चालन भएको तेस्रो लगानी सम्मेलनमा भएको सहभागिता र प्रतिवद्धताबाट नेपालको निजी क्षेत्र उत्साहित भएको छ ।

सरकारले आयोजना गरेका विगतका दुई लगानी सम्मेलन भन्दा अहिलेको लगानी सम्मेलन सफल र फलदायी भएको भन्दै निजी क्षेत्र उत्साहित भएको हो ।

लगानी सम्मेलनमा सरकारले निजी क्षेत्रलाई सह–आयोजकको रुपमा सँगै लिएर जाँदा निजी क्षेत्र सन्तुष्ट देखिएको छ । तेस्रो लगानी सम्मेलनमा करिव ९ अर्ब भन्दा बढीको लगानी स्वीकृत समेत भएको छ । निजी क्षेत्रले नेपालमा अब लगानीको ठूलो सम्भावना रहेको सन्देश विश्वमा पुगेको भन्दै अब मुलुकको आर्थिक गतिविधि चलायमान बनाउन समेत सहयोग पुग्ने वातावरण बन्ने अपेक्षा निजी क्षेत्रको छ । व्यवसायीहरुले विगतका लगानी सम्मेलनमा सन्तोषजनक प्रतिफल लिन नसकेको भएपनि अहिलेको लगानी सम्मेलनमार्फत प्रतिफल समेत प्राप्त हुने आशा निजी क्षेत्रको छ । निजी क्षेत्रले सरकारले लगानी सम्मेलनको मुखमा निजी क्षेत्रले माग गरे अनुसार विदेशी तथा स्वदेशी लगानीलाई सहज बनाउनको लागि केही कानूनहरु संशोधन समेत गरेकाले थप आशा जागेको उनीहरुको भनाई छ ।

सरकार लगानी प्रवद्र्धन तथा सहजता बनाउनको लागि प्रतिवद्ध रहेको सन्देश दिन सकेकाले पनि विगतको भन्दा यो लगानी सम्मेलन उत्साहका साथ सफल भएको निजी क्षेत्रको दाबी छ । देशको अर्थतन्त्रको मेरुदण्डका रूपमा लिइएको निजी क्षेत्रलाई साथमा लिएर हिँड्ने सरकारी घोषणा र नेपालमा लगानी गर्न तयार रहेको विदेशी लगानीकर्ताको घोषणापछि निजी क्षेत्र उत्साहित बनेको देखिन्छ । सरकारले कानून संशोधन मात्रै भन्दा पनि कार्यान्यनमा पनि तदारुकता देखाउन आवश्यक रहेको निजी क्षेत्रको माग छ । उनीहरुले सरकारले लगानी सम्मेलनमा आएका प्रतिवद्धतालाई सदुपयोग गर्नेगरी भावी दिनमा काम गर्नुपर्नेमा जोड दिए । तर विगतका लगानी सम्मेलनमा भएका प्रतिवद्धता अनुसार काम नदेखिएकाले थप चुनौतीपूर्ण छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रलाई सहआयोजक बनाएर गरेको लगानी सम्मेलनमा निजी क्षेत्रको पनि स्वामित्व रहेको बताउनु भयो । उहाँले विगतका लगानी सम्मेलन भन्दा यो केही फरक भएकाले प्रतिफल आउने गरी सम्पन भएको दाबी गर्नुभयो । उहाँले स्वदेशी तथा विदेशी लगानीको लागि बाधक रहेका पुराना कानूनहरुलाई सरकारले संशोधन गरेकाले आशा जगाएको बताउनु भयो । उहाँले निजी क्षेत्रले दिएका सबै सुझावका आधारमा कानूनहरुलाई संशोधन गरेकाले लगानीको प्रतिवद्धता जनाउन लगानीकर्तालाई सहज भएको बताउनु भयो । उहाँले लगानी सम्मेलनको मुखमा आएर बिआईए गर्नसक्ने ऐन मन्त्रीपरिषद्बाट पास हुँदा सरकार लगानी प्रवद्र्धनमा प्रतिवद्ध रहेको सन्देश बाहिर गएको बताउनु भयो ।

भारत,चीन लगायतका मुलुकबाट आएका प्रतिनिधिहरुले धेरै क्षेत्रमा लगानीको सम्भावना रहेको बताएकाले आगामी दिनमा लगानी आउने थप वातावरण बनेको उल्लेख गर्नुभयो । उहाँले सरकारको मात्रै नभएर सरकार बाहिरका राजनीतिक दलहरुको समेत आर्थिक एजेण्डा र लगानी बढाउने कुराहरुमा एक ठाउँमा उभिएकाले सम्मेलन सफल भएको बताउनु भयो । उहाँले नेपालमा लगानीको सम्भावना र आकर्षण रहेको सन्देश सबैतिर गएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘सरकारले निजी क्षेत्रलाई सहआयोजक बनाएर गरेको लगानी सम्मेलन हो । लगानी सम्मेलनमा निजी क्षेत्रको पनि स्वामित्व रहेको छ । विगतका लगानी सम्मेलन भन्दा यो केही फरक भयो । किन भन्दा पुराना कानूनहरु जुन स्वदेशी तथा विदेशी लगानीको लागि बाधकका रुपमा रहेका थिए । ती कानूनहरुलाई सरकारले निजी क्षेत्रले दिएका सबै सुझावलाई कार्यान्वयन नगरे पनि केही मुख्य कानूनहरुलाई संशोधन गरेको छ । लगानी सम्मेलनको मुखमा आएर बिआईए गर्नसक्ने ऐन मन्त्रीपरिषद्बाट पास भयो । त्यसले सरकार लगानी प्रवद्र्धनमा प्रतिवद्ध छ । पुराना कानूनलाई अध्यादेशमार्फत भएपनि लगानीको वातावरण बनाउने प्रतिवद्धता सरकारको देखिएको छ । भारत,चीन लगायतका मुलुकबाट आएका प्रतिनिधिहरुले धेरै क्षेत्रमा लगानीको सम्भावना रहेको बताए । सरकारको मात्रै नभएर सरकार बाहिरका राजनीतिक दलहरुको समेत आर्थिक एजेण्डा र लगानी बढाउने कुराहरुमा एक ठाउँमा उभिएका छन् । नेपालमा लगानीको सम्भावना र आकर्षण रहेको सन्देश सबैतिरबाट गएको छ । समग्रमा लगानी सम्मेलनले विश्वमा नेपालमा लगानीको सम्भावना छ भन्ने सन्देश गएको छ ।’

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणाले समग्रमा लगानी सम्मेलनले राम्रो सन्देश दिएको बताउनु भयो । उहाँले लगानी सम्मेलनमा सरकारले निजी क्षेत्रका माग अनुसार केही कानूनलाई संशोधन गरेर लगानीको वातावरण बनाउने प्रतिवद्धता जनाएर कानून संशोधन गरेकोमा थप उत्साहित भएको बताउनु भयो । पूर्वअध्यक्ष राणाले निजी क्षेत्रले माग गरेको ऐनहरु सरकारले संशोधन गरेर लगानीकर्ताहरुलाई राम्रो सन्देश दिन सकिएको बताउनु भयो । उहाँले कानून संशोधन गरेर सरकार लगानीको वातावरण बनाउनको लागि प्रतिवद्ध छ भन्ने सन्देश दिइएको पनि दाबी गर्नुभयो । उहाँले स्वदेशी र विदेशी लगानीकर्ताको लागि अफ्ठ्यारो अवस्थालाई सहज बनाएको बताउनु भयो । सरकारले प्रश्तुत गरेका आयोजनाहरुमा लगानीको प्रतिवद्धता लगायत केहीमा सम्झौता पनि भएको उल्लेख गर्नुभयो । उहाँले सरकारले गरेको कोभिड पछिको लगानी सम्मेलन विगतको भन्दा सफल भएको पनि दाबी गर्नुभयो ।

सरकार र निजी क्षेत्रले सोचे जस्तो लगानी सम्मेलन सफल भएको उहाँको भनाई थियो । उहाँले लगानी सम्मेलनमार्फत टेक्नोलोजी,जलविद्युत र कृषि क्षेत्रमा विभिन्न सम्झौता समेत भएकाले नेपाल लगानीको आकर्षण बन्न सफल भएको पनि बताउनु भयो । उहाँले नेपालमा भएका स्रोतहरुलाई लगानीमा परिणत गर्न सक्नुपर्ने भन्दै ठूला पूर्वाधारमा लगानीको आवश्यकता देखिएको र विदेशी लगानीकर्ताको चासो पनि त्यसैमा रहेको बताउनु भयो। उहाँले लगानी सम्मेलनमा ठूला लगानीसँगै लघुघरेलु उद्योग क्षेत्रमा समेत लगानीको कुरा गरेकाले त्यसमा जिटुजीमार्फत संयुक्तहरुमा लगानीको वातावरण बन्ने अवस्था बनेको बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले लगानीको लागि भएका प्रतिवद्धता अनुसार तत्काल सरकारले गर्न सक्नुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारले गरेका कानूनहरु संशोधन भएपनि कार्यान्वयन गर्नसके मात्रै विदेशी र स्वदेशी लगानीलाई फस्टाउन मद्दत पुग्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘समग्रमा लगानी सम्मेलनले राम्रो सन्देश दिएको छ । लगानी सम्मेलनमा सरकारले निजी क्षेत्रका माग अनुसार केही कानूनलाई संशोधन गरेर लगानीको वातावरण बनाउने प्रतिवद्धता जनाएर कानून संशोधन गरेको छ । निजी क्षेत्रले माग गरेको ऐनहरु सरकारले संशोधन गरेर लगानीकर्ताहरुलाई राम्रो सन्देश दिनसक्यौं । कानून संशोधन गरेर सरकार लगानीको वातावरण बनाउनको लागि प्रतिवद्ध छ भन्ने कुरा देखाएको छ । स्वदेशी र विदेशी लगानीकर्ताको लागि अफ्ठ्यारो अवस्थालाई सहज बनाएको छ । सरकारले प्रश्तुत गरेका आयोजनाहरुमा लगानीको प्रतिवद्धता लगायत केहीमा सम्झौता पनि भएको छ । सरकारले गरेको कोभिडपछिको लगानी सम्मेलन विगतको भन्दा सफल भएको छ । हामीले जुन रुपमा सोचेका थियौं ।

लगानी सम्मेलन मार्फत टेक्नोलोजी,जलविद्युत र कृषि क्षेत्रमा विभिन्न सम्झौता भएको छ । नेपाल लगानीको लागि संधै आकर्षणको केन्द्र हो । नेपालमा भएका स्रोतहरुलाई लगानीमा परिणत गर्न सक्नुपर्छ ।नेपालमा ठूला पूर्वाधारमा लगानीको आवश्यकता छ । त्यसको लागि काठमाडौंमा मेट्रो रेलका कुरा पनि भएका छ । भारतका लगानीकर्ताहरु त्यसको लागि चासो राखेका छन् । लगानी सम्मेलनमा ठूला लगानीसँगै लघुघरेलु उद्योग क्षेत्रमा समेत लगानीको कुरा गरेकाले त्यसमा जिटुजीमार्फत संयुक्तरुपमा लगानीको वातावरण बन्ने अवस्था बनेको छ । लगानीको लागि भएका प्रतिवद्धता अनुसार तत्काल सरकारले गर्न सक्नुपर्छ । सरकारले गरेका कानूनहरु संशोधन भएपनि कार्यान्वयन गर्न आवश्यक छ । त्यो भए मात्रै विदेशी र स्वदेशी लगानीलाई फस्टाउन मद्दत गर्छ ।’

फेडरेशन अफ नेपाल एक्सपोर्ट एशोसिएशनका अध्यक्ष पवनकुमार गोल्यानले लगानी सम्मेलनले लगानीको वातावरण बनाउन खाजेको बताउनु भयो । उहाँले हरेक लगानी सम्मेलनमा लगानीको भाईब्रेट सिर्जना गरेको बताउनु भयो । उहाँले सम्मेलनबाट मुलुकको लागि आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्ने आशा गरेको बताउनु भयो । उहाँले सरकारको लगानीका प्राथमिक क्षेत्रहरु पर्यटन,जलविद्युत क्षेत्रमा होमवर्क कम भएको बताउनु भयो । उहाँले सरकारले सम्मेलनमा कृषिलाई प्राथमिकता नदिएको भन्दै असन्तुष्टि जनाउनु भयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले कृषि प्रशोधन उद्योगमा विदेशी लगानी ल्याउने गरी योजना बनाउनुपर्ने बताउनु भयो । उहाँले समग्रमा लगानी सम्मेलनमार्फत लगानीको वातावरण बनाउने राम्रो प्रयास भएको बताउनु भयो । उहाँले क्षेत्रलाई समेटेर भन्दा पनि अब क्षेत्रगत प्राथमिकताका आधारमा गर्न आवश्यक देखिएको बताउनु भयो । उहाँले नेपाल लगानीको लागि सधँै आकर्षण देश रहेको उल्लेख गर्नुभयो । उहाँले लगानी सम्मेलन सफल हुदाँ खुशी हुने मात्रै नभएर अब परिणाम आउने गरी काम गर्न जरुरी रहेको बताउनु भयो । लगानी सम्मेलनमा अन्तर्राष्ट्रिय देशहरुबाट भएको सहभागितालाई लगानीको रुपमा सरकारले ग्रहण गर्नसके मुलुकको आर्थिक विकासमा ठूलो टेवा पुग्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘लगानी सम्मेलनले लगानीको वातावरण बनाउन खाजेको छ । हरेक लगानी सम्मेलनमा लगानीको भाईब्रेट सिर्जना गर्छ । सम्मेलनबाट मुलुकको लागि राम्रो हुन्छ भन्ने आश गरेको छु । तर सम्मेलनमा सरकारको लगानीका प्राथमिक क्षेत्रहरु पर्यटन,जलविद्युत क्षेत्रमा होमवर्क कम भएको छ । कृषिलाई प्राथमिकता नदिएको पनि देखियो । कृषि प्रशोधन उद्योगमा विदेशी लगानी ल्याउनतिर जानुपर्ने हो । त्यो नभएको भएपनि समग्रमा लगानी सम्मेलनमार्फत लगानीको वातावरण बनाउने राम्रो प्रयास भएको छ । तयारी थोरै भयो सबै क्षेत्रलाई समेटेर भन्दा पनि अब क्षेत्रगत प्राथमिकताका आधारमा गर्नु आवश्यक देखिएको छ । नेपाल लगानीको लागि सधैँ आकर्षण ठाउँ हो । लगानी सम्मेलन सफल हुदाँ खुसी हुने मात्रै नभएर अब परिणाम आउने गरी काम गर्न जरुरी छ । लगानी सम्मेलनमा अन्तर्राष्ट्रिय देशहरुबाट भएको सहभागितालाई लगानीको रुपमा सरकारले क्यास गर्न सक्नुपर्छ । लगानी सम्मेलनमा आएका प्रतिवद्धताहरु कार्यान्वयनको लागि सरकारले केही कानूनहरु संशोधन गरेको छ । तर यति लामो समय हुँदा पनि धेरै कानूनहरुमा सहजता ल्याउन सकिएको छैन । सरकारले मौखिक रुपमा भनेर भन्दा पनि कामले एक्सनमा गएर देखाउनु पर्छ ।’

त्यस्तै, उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य मनोज पौडेलले नेपाल वैदेशिक लगानीको लागि राम्रो गन्तव्य भएको सन्देश दिएको बताउनु भयो । उहाँले लगानीको लागि सरकारले वातावरण बनाए लगानी निजी क्षेत्रले गर्ने बताउनु भयो । उहाँले सरकारले कानूनी समस्याहरुलाई समाधानको लागि सरकारले कानूनहरु संशोधन गरेर राम्रो काम भएको बताउनु भयो । उहाँले सरकारले गरेका कानून संशोधनले विदेशी लगानीकर्तालाई आकर्षण गरेको बताउनु भयो ।

उहाँले लगानी सम्मेलनमा उल्लेखिय सहभागिता रहेको भन्दै सम्मेलनमा विदेशी सरकारी निकायको प्रतिनिधि भन्दा पनि विदेशी निजी क्षेत्रलाई ल्याउन आवश्यक देखिएको बताउनु भयो । उहाँले लगानीको लागि नयाँ क्षेत्रमा युवाहरुलाई सहभागिता गराउने गरी सरकारले पनि सहजिकरण गर्न आवश्यक रहेको बताउनु भयो ।

अनिष मिजार/न्युज एजेन्सी नेपाल