१९ आश्विन २०८१, शनिबार
,
Latest
स्थलगत रिपोर्ट : प्राथमिकताका आधारमा सहयोग गर्नुपर्छ बाँकेको गिजरा सामुदायिक वनबाट चितुवा नियन्त्रण आज कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षा कुन–कुन पालिका भए विपद् संकटग्रस्त घोषित ? नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको आराधना गरिँदै पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेतालाई सोफा, जनतालाई सडक !



अ+ अ-

काठमाडौँ । आज काठमाडौंँमा देखिएको दृश्य हो यो । आज काठमाडौँमा नेकपाको पुष्पकमल दाहाल, प्रचण्ड र माधव नेपाल पक्षीय समूहको आमसभा थियो । उनीहरुले ठाउँ ठाउँबाट बसमै बोकेर मानिसहरु काठमाडौँ ल्याएका थिए । 

उनीहरुले जनता काठमाडौँ ओसारेको तथ्य टेकूदेखि रत्नर्पाकसम्म सडकको देब्रे कर्नरमा पार्किङ गरिएका बसहरुबाट पनि थाहा हुन्थ्यो नै । आज बिहान ११ बजेदेखि काठमाडौं र विशेषगरी रत्नपार्क क्षेत्र वरपर चाहिँ अस्तव्यस्त नै थियो । सिंहदरबार छिर्ने कर्मचारी पनि दश बज्नु अगावै नछिरेका जति अलपत्र परेका थिए । अरु स्कुल, कलेज आदिको त कुरै भएन । 

तर यहाँ उठान गर्न खोजिएको प्रसंग चाहिँ यो होइन । यहाँको प्रसंग सोफाको हो । आज रत्नपार्कलाई केन्द्रबिन्दुमा राखेर भृकुटीमण्डप नजिक पारेर गरिएको आमसभामा नेताहरुले प्रयोग गरेको सोफाको हो । 

सभा सडकै थियो । जनता पनि सडकै थिए । दशौँ हजारका संख्यामा उपस्थित नागरिक सडकमै बसेका थिए । उनीहरुले चिसो भूइँमा बसेरै नेताका कुरा सुनेका थिए । आखिर जनताको बस्ने ठाउँ सडक न हो । अघिपछि त नेताले जनतालाई सडक पुर्याएका छन् भने आन्दोलनका बेलामा झन् कुरै भएन । जनता सडकै हुने हुन् । 

अर्काे एक अमिल्दो दृश्य पनि यही आन्दोलनमा शुक्रबार देखिएको थियो– नेता सोफामा बसेको । त्यसो त नेताको जात सोफामै बस्ने हो । हाम्रोजस्तो गरिब देशमा यो झन् बढी लागू हुन्छ । किनभने हाम्रो देशका नेतालाई कुर्सी अर्थात् सोफा मोह अरुतिर भन्दा बढी नै छ । उनीहरु प्रायः कुर्सी नभई बस्न सक्दैनन् । 

तर शुक्रबार भने उनीहरु सोफामा बसेको सुहाएको थिएन, किनभने जनता सडकको चिसो भूइँमा बसेका थिए । जनता भूइँमा बसेका बेला यता नेता भने त्यही सडकमा बडो आकर्षक सोफा राखेर विराजमान भएका थिए । तस्विरमै यस्तो अमिल्दो देखिन्छ कि सुकिला मुकिला नेताहरु बडो भुँडी पल्टाएर खुट्टा खापेर सोफामा बसेका छन्, तिनैका तलपट्टी जनता भने चिसो भूइँमा टुसुक्क बसेका छन् । 

त्यति नै बेला जनताले भने एक आर्काेलाई कानेखुशी गर्दै भन्दै थिए– हेर त लोकतन्त्र, गणतन्त्रका नेताहरुलाई कत्ति पनि अप्ठेरो नलागेको ? जनता भूइँमा छन् नेता भने यस्तो सडक आन्दोलनमा पनि सोफामा । यीनको सोफा मोह पनि कति हो ?       

यहाँ मेरो पनि आसय नेता पनि भूइँमै बस्नुपर्छ भन्ने चाहिँ होइन । उनीहरु मञ्चमा बस्नुपर्छ, सबैले सुन्नेगरी बोल्नुपर्छ त्यसैले केहीमा त बस्नै पर्ने होला । तर यसरी अमिल्दोगरी सडकमै सोफा लगेर चाहिँ हड्डी नहँसाएको भए पनि हुन्थ्यो भन्ने चाहिँ मेरो चासो हो । बाँकी त मभन्दा बढी तस्वीर आफैं बोल्छ ।