२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा कोलकाताले दिल्लीलाई दोस्रो पटक हरायो



अ+ अ-

काठमाडौँ । आईपीएल–२०२४ को ४७ औं खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई ७ विकेटले पराजित गरेको छ । केकेआरले यो सिजन दोस्रो पटक डिसीलाई हराएको हो ।

यो जितसँगै कोलकाता अंक तालिकाको दोस्रो स्थानमा यथावत छ । टोलीको ९ खेलपछि १२ अंक छ । अर्कोतर्फ दिल्लीले ११ खेलमा १० अंकसहित छैटौं स्थानमा छ ।

इडेन गार्डेन रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको क्यापिटल्सले २० ओभरमा ९ विकेट गुमाएर १५३ रन बनाएको थियो । कोलकाताले १६.३ ओभरमा ३ विकेट गुमाएर १५४ रनको लक्ष्य पूरा गर्यो । वरुण चक्रवर्ती प्लेयर अफ द म्याच भए । उनले १६ रन दिएर तीन विकेट लिए ।

डिसीका लागि ९ नम्बरमा ब्याटिङ गरेका कुलदीप यादवले २६ बलमा अविजित ३५ रन बनाए भने कप्तान ऋषभ पन्तले २७ रनको योगदान दिए । कोलकाताका वरुण चक्रवर्तीले ३ विकेट लिए भने वैभव अरोरा र हर्षित रानाले २र२ विकेट लिए । मिचेल स्टार्क र सुनिल नारायणले एक–एक विकेट लिए ।

केकेआरका लागि फिल साल्टले ३३ बलमा ६८ रनको इनिङ खेले । उनले सिजनमा चौथो अर्धशतक प्रहार गरे । कप्तान श्रेयस अय्यरले ३३ र वेंकटेश अय्यरले अविजित २६ रनको योगदान दिए । सुनिल नारायणले १५ रन र रिंकु सिंहले ११ रन जोडे । दिल्लीका अक्षर पटेलले २ तथा लिजार्ड विलियम्सनले १ विकेट लिए ।