११ श्रावण २०८३, सोमबार
,
Latest
आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण नागढुङ्गा सुरुङमार्ग प्रभावित क्षेत्रको खानेपानी व्यवस्थापनमा ११ निर्णय निर्देशक नवीन सुब्बा र साहित्यकार भवानी अधिकारीलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’ १६ खर्बको राजश्व लक्ष्य भेट्टाउन ‘मिसन मोड’ मा काम गर्न अर्थमन्त्रीको निर्देशन अव्यवस्थित तार व्यवस्थापनका लागि मन्त्रीद्वयद्वारा स्थलगत अनुगमनः भने–‘ प्रतिकूल मौसमका कारण काम रोकिन भएन’ (तस्बिरसहित) ऊर्जा क्षेत्रको विकासका लागि विद्युत ऐन समयानुकुल बनाउन आवश्यकः पूर्वमन्त्री ज्ञवाली प्रधानमन्त्री र ऊर्जामन्त्रीको सल्लाहकार मोहमा अर्थमन्त्रीको कटाक्षः ‘मैले एकजना सल्लाहकार राखेको छु’
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सिधा कुरा’को समाचार २४ घण्टाभित्र हटाउन सर्वोच्चको आदेश



अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले एक सञ्चार माध्यमलाई स्टिङ अपरेसनसम्बन्धी प्रकाशित समाचार २४ घण्टाभित्र हटाउन आदेश दिएको छ ।

‘सिधा कुरा डटकम’ले अख्तियारले गर्ने स्टिङ अपरेशन खारेज गराउन बयान फेर्ने र पैसा लेनदेन गर्नेबारे डिल भएको भनिएको ‘अडियो’ प्रसारण गरेको थियो ।

मुद्दा खारेज गराउन आयोजित डिलमा सर्वोच्चका न्यायाधीश आनन्दमोह भट्टराई पनि सहभागी भएको सो अनलाइनले दाबी गरेको थियो । सो समाचार प्रशारणपछि सर्वोच्च अदालतका उपरजिस्टार गोविन्द प्रसाद घिमिरेले मुद्दा दर्ता गर्नका लागि प्रतिवेदन दिएका थिए ।

न्यायाधीशद्वय डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले उक्त समाचार र युट्युबमा राखेको भिडियो २४ घण्टाभित्र हटाउन आदेश दिएको हो ।

यस्तै, सिधा कुरा डटकमलाई बयान गराउने आदेश पनि दिएको छ । सो अनलाइनका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नविन ढुंगानालाई बयान गराउने आदेश गरेका हुन् । बयानका लागि उनीहरूलाई वैशाख २० मा अदालतमा उपस्थित हुन भनिएको छ ।